सोमबार, जेष्ठ ४,२०८३ 06:38:28
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 06:38:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई

Laxmi Sunrise Bank Limited
महेश बस्नेतले आफ्नै छिमेकमा डेरा खोजिदिएर राखे ओली दम्पत्तिलाई
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनपछि ज्यान जोगाउन सैनिक सहायतमा भूमिगत भएका नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली १० दिनपछि सैनिक ब्यारेकबाट फर्किएका छन् ।  

शिवपुरीस्थित सैनिक ब्यारेकमा रहेको भनिएका उनी १० दिनको भूमिगत जीवनबाट बिहीबार बाहिर आएका हुन् । 

Bizshala
New Office
CG Motors

एमालेनिकट स्रोतका अनुसार उनको भक्तपुरको बालकोटस्थित घर जेनजी प्रदर्शनकारीहरुले पूर्ण रुपमा जलाइदिएका छन् । यसकारण उनी घर फर्किने अवस्था छैन ।  

तत्काल बाहिर धेरै हिँडडूल गर्न उनलाई सुरक्षा चुनौति समेत रहेपछि एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नै छिमेकी बनाएर गुण्डुमा डेरा खोजिदिएका र ओली दम्पत्ति बिहीबारदेखि त्यहीँ सरेका स्रोतको दाबी छ ।  

एमालेका युवा नेता समेत रहेका महेश बस्नेतको घर समेत गुण्डु नै हो । उनले त्यही क्षेत्रबाट राजनीति गर्दै आएका छन् ।  

अन्तरिम सरकार गठनपछि उनै बस्नेतले जेनजी आन्दोलन हाँक्नेहरुविरुद्ध उत्तेजक अभिव्यक्ति दैनिकजसो दिइरहेका छन्। 

Garima Development Bank
Shivam Cement
IME remit

उनले गुण्डु र पार्टी कार्यालय रहेको ललितपुरको च्यासल क्षेत्रमा केही युवालाई भेला पारी प्रदर्शन पनि गरिरहेका छन् ।  

भोलिको संविधान दिवस एमालेले पनि भव्य रुपमा मनाउने र सो क्रममा ओलीलाई बाजागाजासहित च्यासलस्थित पार्टी कार्यालय ल्याउने उनले यसअघि उद्घोष गरेका थिए । सम्भवतः सोही प्रयोजनका लागि ओली ब्यारेकबाट बाहिर आई गुण्डुको डेरामा सरेका हुनसक्ने अनुमान गरिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.