सोमबार, जेष्ठ ४,२०८३ 07:00:32
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:00:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘बिवाईडी सिल’ लञ्च भएको १५ दिनमै ५०० युनिटभन्दा बढी बुकिङ, यस्ता छन् आकर्षक फिचर्स

Laxmi Sunrise Bank Limited
‘बिवाईडी सिल’ लञ्च भएको १५ दिनमै ५०० युनिटभन्दा बढी बुकिङ, यस्ता छन् आकर्षक फिचर्स
Shivam Cement

काठमाण्डौ । चिनिया अटो निर्माता कम्पनी बिवाईडीले ‘बिवाईडी सिल’ लञ्च भएको १५ दिनमा ५ सयभन्दा बढी युनिट बुकिङ आएको जनाएको छ । बिवाईडीले भारतबाट बिवाईडी सिलका लागि लञ्च भएको १५ दिनमा ५ सयभन्दा बढी युनिट अर्डर आएको जनाएको हो ।  

भारतमा बिवाईडी सिल गत मार्च ५ मा लञ्च भएको थियो । यो कार भेरियन्ट,डाइनामिक,प्रिमियम र परफरमेन्स गरी तीनवटा भेरियन्टमा उपलब्ध छन् । भारतमा यो कारको एक्स सोरुमा मूल्य ४१ लाख भारु देखि ५३ लाख भारुसम्म निर्धारण गरिएको छ ।  

यो कार सन् २०२४ को ‘वल्र्ड कार अफ द इयर’ उपाधिको दौडमा रहेको छ । यो कार शीर्ष फाइनलिस्टको शीर्ष ३ मा परेको छ ।  

सिलका बढ्दो मागका बारेमा बिवाईडी भारतका वरिष्ठ उपाध्यक्ष सन्जय गोपालकृष्ण भन्छन्,‘हामी हाम्रो प्रडक्ट,यसको मूल्यप्रति विश्वस्त छौ र यसका बारेमा पाएको प्रतिक्रियाबाट उत्साहित छौं । लञ्च हुने बित्तिकै हामीले २०० बुकिङ प्राप्त गरेका थियौ । अहिले १५ दिन बित्दा ५०० भन्दा बढी बुकिङ दर्ता भईसकेको छ । ’

Bizshala
New Office
CG Motors

टेस्ला मोडल थ्रीसँग प्रतिष्पर्धा गर्नका लागि बिवाईडीले यो कार ओभरसिजमा लञ्च गरेको हो । यसको लम्बाई ४ हजार ८ सय एमएम,चौडाई १ हजार ८७५ एमएम र उचाई १ हजार ४६० एमएम रहेको छ । यसको ह्विलवेस भने २ हजार ९२० एमएम छ । यसको बोनटमुनि ४०० लिटर बुट र ५३ लिटरको स्टोरेज रहेको छ ।  

बिवाईडी सिललाई बिवाईडीको ई–प्लेटफर्म ३.० मा निर्माण गरिएको हो । जसमा बिवाईडीका अन्य मोडलहरु अट्टो थ्री एसयुभी र डल्फिन ह्याचब्याक समेत रहेका छन् ।  

सिलमा रहेको ८०० भभोल्टको इलेक्ट्रिकल आर्किटेक्चर प्लेटफर्मले यसलाई बिवाईडीका अन्य कारभन्दा फरक बनाएको छ । सिल रियर–ह्विल ड्राइभ र अल–ह्विल–ड्राइभ भेरियन्ट गरी दुईवटा भेरियन्टमा उपलब्ध रहेको छ ।  

यो कार ७ किलोवाट(एसी)मा चार्ज गर्न सकिन्छ र यो १५० किलोवाटसहितको तीव्र चार्ज गर्न सकिन्छ । यसले अल्ट्रा–फास्ट चार्जर जोडेमा ३७ मिनेटमा १० देखि ८० प्रतिशत चार्ज हुन्छ ।    -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.