काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले आगामी कात्तिक १२ गते बुधबारका दिन काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा आफ्नो ३१ औं वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।