शुक्रबार, असार १९,२०८३ 01:42:57
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:42:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि

Laxmi Sunrise Bank Limited
खर्च नियन्त्रण भएसँगै पियोर इनर्जीको नाफा ७१% ले वृद्धि

काठमाण्डौ । पियोर इ्रनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ९० लाख ५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा कम्पनी आफ्नो खर्च नियन्त्रण गर्न भने सफल देखिएको छ । अघिल्लो आवमा ६ करोड ८ लाख कुल खर्च गरेको कम्पनीले चालु आवमा भने ५ करोड ६२ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ ।  

कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १५ लाख र कुल चालु दायित्व १३ करोड ९२ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.६१ रुपैयाँ र तरलता अनुपात ०.५१ प्रतिश कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.