मंगलवार, जेष्ठ ५,२०८३ 07:42:29
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:42:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेटलाइफले राष्ट्रिय क्रिकेट खेलाडीलाई बीमा सुविधा उपलब्ध गराउने, क्याससँगको सम्झौता नविकरण

Laxmi Sunrise Bank Limited
मेटलाइफले राष्ट्रिय क्रिकेट खेलाडीलाई बीमा सुविधा उपलब्ध गराउने, क्याससँगको सम्झौता नविकरण
Shivam Cement

काठमाण्डौ । नेपालको राष्ट्रिय क्रिकेट खेलाडीहरूको बीमा गर्दै आएको मेटलाइफ नेपालले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता नविकरण गरेको छ । यस नवीकरणसहितको साझेदारीले पुरुष र महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू तथा क्यानलाई आर्थिक सुरक्षा र सहयोगको पहुँच निरन्तर दिलाउने कम्पनीले जनाएको छ ।

जसले खेलाडीहरूलाई खेल, प्रदर्शन र देशलाई एकतामा बाँध्ने क्षणहरूमा पूर्ण रूपमा केन्द्रित रहन सहयोग गर्ने जनाइएको छ ।

Bizshala
New Office
CG Motors

नेपालको राष्ट्रिय क्रिकेट टोलीे आईसीसी टि २० विश्वकप खेल्न लागेको बेला भएको यो सम्झौताले देशको खेलकुद यात्रामा अर्को ऐतिहासिक उपलब्धि जोडेको कम्पनीले जनाएको छ । आगामी ठूला प्रतिस्पर्धाहरूको तयारीमा रहेका खेलाडीहरूको आत्मविश्वासलाई मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको कम्पनीको भनाई छ ।

‘मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ,’ पूर्व कप्तान तथा क्रिकेट संघका सचिव पारस खड्काले भने ‘हाम्रा खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौं ।’

Garima Development Bank
Shivam Cement
IME remit

मेटलाइफ नेपालका जनरल म्यानेजर, निर्मल काजी श्रेष्ठले भने,‘हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन्। उनीहरूले प्रत्येक प्रदर्शनमार्फत राष्ट्रलाई प्रेरित गर्दा, हामी उनीहरूको सुरक्षामा निरन्तर साथ दिन पाउँदा गर्वान्वित छौं । टोलीले आगामी ठूला प्रतियोगिताको तयारी गर्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको भरोसायोग्य सुरक्षा कवच बनेर साथमा उभिएको छ — जसले हाम्रा राष्ट्रिय हिरोहरूलाई हरेक चुनौती सामना गर्न साहस र आत्मविश्वास प्रदान गर्दछ। किनभने जब हाम्रा खेलाडीहरू निडर भएर खेल्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.