मंगलवार, जेष्ठ ५,२०८३ 07:29:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:29:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाण्डौमा मोक्सी होटेल्सको आगमन, नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै

Laxmi Sunrise Bank Limited
काठमाण्डौमा मोक्सी होटेल्सको आगमन, नेपाली संस्कृतिको केन्द्रमा रमाइलोको रङ थपिँदै
Shivam Cement

काठमाण्डौ । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाण्डौमा ‘मोक्सी काठमाण्डौ’को उद्घाटन गरेर नेपालमा आफ्नो सुरुवात गरेको छ। परम्परा र आधुनिकता सँगसँगै बाँच्ने काठमाण्डौको जीवन्त संस्कृति, सिर्जनशीलता, युवा जोश र गहिरो आध्यात्मिक शान्तिको संयोजनका कारण काठममाण्डौ मोक्सीका लागि उपयुक्त थलो बनेको कम्पनीले जनाएको छ।

नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ र साहसिक अध्यायको सुरुवात गरेको मोक्सी काठमाण्डौ राजधानीको सबैभन्दा चलायमान व्यवसायिक र मनोरञ्जनको थलो दरबारमार्गमा अवस्थित छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटको दूरीमा भएकाले आधुनिक यात्रुहरूको लागि यो उत्कृष्ट प्रारम्भिक गन्तव्य बन्न पुगेको छ। यहाँ बस्ने अतिथिहरू यूनेस्को सूचीमा समावेश दरबार स्क्वायर, आध्यात्मिक शान्तिको प्रतीकको रूपमा रहेको स्वयम्भूनाथ स्तुप (मंकी टेम्पल) र कला, संगीत, खाना तथा फेसनको अनौठो समिश्रणका लागि प्रसिद्ध ठमेलका चहलपहलयुक्त बजारहरूमा सहजै पुग्न सक्छन्।

मोक्सी काठमाण्डौले अतिथिलाई आर्ट ग्यालरीदेखि इन्डी क्याफे र रूफटप लाउञ्जदेखि लाइभ म्युजिक भेन्युहरूसम्म, शहरको विकसित हुँदै गएको आधुनिक परिवेशसँग अझ नजिक ल्याउँने कम्पनीले उल्लेख गरेको छ ।

Bizshala
New Office
CG Motors

शताब्दीऔँ पुराना मन्दिरहरूको भ्रमण होस्, नजिकैका ट्रेलहरूमा हाइकिङ होस्, वा काठमाण्डौको चलायमान नाइटलाइफमा डुबुल्की मार्न होस्, शहरलाई जिज्ञासा र स्टाइलका साथ अनुभव गर्न चाहनेहरूका लागि यो होटल उपयुक्त आधारबिन्दु बन्न पुगेको छ।

‘मोक्सीको साहसिक र रमाइलो भावना परम्परा र आधुनिकता एकसाथ धड्किने काठमाण्डौ जस्तो शहरका लागि एकदमै उपयुक्त छ। असामान्य तर संस्कृतिको जरासँग जोडिने अनुभवहरूको माग बढ्दै गएको वर्तमान परिवेशमा, मोक्सी काठमाण्डौले शहरको गतिसँग मेल खाने युवा जोश र उत्साह भित्र्याएको छ। नेपालमा यो लाइफस्टाइल ब्रान्ड पहिलोपटक ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। यो नेपालमा पहिलो र दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो। हामी यो क्षेत्रमा हाम्रो पोर्टफोलियो विस्तार गर्दै स्टाइल, जोश र मौलिकता खोज्ने यात्रुहरूलाई आकर्षित गर्न चाहन्छौं,’ किरण एण्डिकट, सिनियर भाइस प्रेसिडेन्ट,दक्षिण एशिया, मेरियट इन्टरनेशनले भने।

Garima Development Bank
Shivam Cement
IME remit

यसका १०१ वटा गेस्टरूमहरू कोठाको स्थान अधिकतम रूपमा प्रयोग गर्न सकिने गरी बुद्धिमानी ढङ्गले डिजाइन गरिएका छन्। यसले अतिथिहरूलाई आफ्नो आवश्यकता अनुसार कोठालाई अनुकूल बनाउन पनि मद्दत गर्छ। प्रत्येक कोठामा आराम र उपयोगिताबीच उत्तम सन्तुलन बनाउने स्मार्ट लेआउट छ। यहाँ मुलायम बेड, वाक–इन सावर, ५५ इन्चको स्मार्ट टिभी, साथै मोड्युलर फर्निचर र मोसन–एक्टिभेटेड लाइट, खुला कम्पार्टमेन्ट लेआउट, पेग–वाल जस्ता स्मार्ट फिचरहरू छन् जसले प्रत्येक अतिथिका लागि सहज र डिजाइन–केन्द्रित समाधान उपलब्ध गराउँछन्। 

‘काठमाण्डौ एक जीवन्त शहर हो। यो प्राचीन हुँदाहुँदै आधुनिक पनि छ, जीवन्त हुँदाहुँदै आरामदायी पनि छ। सधैं बदलिँदै, अगाडि बढ्दै जाने यसको स्वभाव भएकाले यो शहर मोक्सीका लागि बिल्कुल सुहाउँदो स्थान हो। हामी यहाँ साहसिक, सामाजिक र जीवनका रङ्गहरूले भरिएको यस्तो होटल अनुभव ल्याउँदैछौं, जहाँ पाहुनाहरू बस्ने मात्र होइन, शहरको ऊर्जा र लयसँग कसिलो गरी जोडिनेछन्। हामी यो सबैलाई वास्तविक स्वरुपमा हेर्न आतुर छौं,’ सुवर्ण थापा, क्याप्टेन, मोक्सी काठमाण्डौले भने।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.