शुक्रबार, असार १९,२०८३ 02:00:39
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 02:00:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?

Laxmi Sunrise Bank Limited
हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम कतिसम्म पाइन्छ ?

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष आव २०८१/८२ का लागि बीमितलाई प्रदान गरिने बोनस दर घोषणा गरेको छ। कम्पनीले यो अवधिका लागि बीमितलाई प्रति वर्ष प्रति हजारमा अधिकतम ८६ रुपैयाँसम्म बोनस निर्धारण गरेको छ ।  

कम्पनीले सावधिक बीमालेख (GEP-END, GEP-PO, PLPP, PLSJB, PLSLP,PSB & PSW) ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२  रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ६३ रुपैयाँ बोनस दर कायम गरेको छ।  

यस्तै सावधिक तथा आजीवन बीमालेख (पीजेएस)अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५९ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरेको छ बोनस दर निर्धारण गरेको छ।  

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ५७ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ६५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ७२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ८६ रुपैयाँ बोनस दर कायम गरेको ।

जीवन उपहार(अग्रिम भुक्तानी) बीमालेख अन्तर्गत १६ वर्षे अवधि सम्मका लागि ५२ र जीवन उपहार(सावधिक) बीमालेख अन्तर्गत १५ वर्षे अवधिका लागि ३७ रुपैयाँ बोनसदर तोकिएको छ ।  

सावधिक जीवन बीमालेख अन्तर्गत(११,१४,१६,१७,१८,१९,२० र २१)९ वर्षे अवधिका लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५१ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि  ७६ रुपैयाँ बोनस दर कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत(१३) ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७३ रुपैयाँ बोनस दर कायम गरेको छ ।  

यस्तै अग्रिम भुक्तानी सावधिक(१०,१२ र १५) बीमालेख अन्तर्गत १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ र २० देखि २४ वर्षका लागि ४६ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।  

वार्षिक नगद फिर्ता बीमालेख अन्तर्गत(२३ र २४) कम्पनीले १० देखि १४ वर्षका लागि ३९ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४१ र २० देखि २४ वर्षका लागि ४३ रुपैयाँ बोनसदर तोकिएको छ ।  

सुरक्षित भविष्य जीवन बीमा(२८) अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३० रुपैयाँ, २० देखि २४ वर्षका लागि ३२ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ३५ रुपैयाँ निर्धारण गरिएको छ ।  

कम्पनीले सावधिक लघुबीमा कर्पोरेट बीमा र कर्पोरेट जीवन बीमा योजनाअन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ , २० देखि २४ वर्षका लागि ४७ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ४७ रुपैयाँ बोनसदर तोकेको छ । 

यसैगरी कम्पनीले ३० वर्ष जीवन रक्षक बीमालेख अन्तर्गत १४ वर्षे अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४५ रुपैयाँ र वा सो भन्दा माथिका लागि ७० रुपैयाँ निर्धारण गरिएको छ ।  

सावधिक तथा बालबच्चा सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्षका लागि  ४४ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ निर्धारण गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीमित भुक्तानी जीवन बीमा योजना(एकल) अन्तर्गत १० देखि १४ वर्षे अवधिका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० र २४ वर्षका लागि ४३ रुपैयाँ र २५ र सो भन्दा माथिका लागि ७५ रुपैयाँ  कायम गरिएको छ ।  

सावधिक तथा आजीवन बीमा योजनाअन्तर्गत ९ वर्षे अवधिका लागि ४५ रुपैयाँ, १० देखि १४ वर्षका लागिड ४६ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५३ र २५ वा सो भन्दा माथिका लागि ७४ रुपैयाँ बोनस तोकिएको छ ।  

सीमित भुक्तानी सावधिक तथा आजीवन बीमालेखअन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । 

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनाअन्तर्गत ९ वर्षे अवधिका लागि ३० रुपैयाँ, १० देखि १४ वर्षका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ र २० देखि २४ वर्षका लागि ३८ रुपैयाँ प्रदान गरिनेछ ।  

अग्रिम भुक्तानी तथा आजीवन बीमा योजनाअन्तर्गत १० देखि १४ वर्षका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ३४ र २५ वा सो भन्दा माथिका लागि ४१ रुपैयाँ प्रदान गरिनेछ । 

जीवन आधार जीवन बीमा योजनाअन्तर्गत सबै अवधिका लागि ५० रुपैयाँ निर्धारण गरिएको छ ।  

जीवन सम्पन्न बीमा योजनाअन्तर्गत सबै अवधिका लागि ५३ रुपैयाँ, जीवन उत्थान बीमा योजनाअन्तर्गत सबै अवधिका लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजनाअन्तर्गत सबै अवधिका लागि ४३ रुपैयाँ निर्धारण गरिएको छ ।    

बालबच्चा सावधिक जीवन बीमा योजनाअन्तर्गत ९ वर्षे अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ र १५ देखि १९ वर्षका लागि ४१ रुपैयाँ तोकिएको छ ।  

हिमालयन अनरोल रत्न बाल सावधिक जीवन बीमा योजनाअन्तर्गत १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४६ रुपैयाँ, २० देखि २४ वर्षका लागि ४८ रुपैयाँ र २५ वा सो भन्दा माथिका लागि ५० रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.