आईतवार, जेष्ठ ३,२०८३ 01:42:27
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:42:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मालबाहक जहाजका कप्तान भन्छन् - लाल सागर एकदमै डरलाग्दो मात्रै छैन, खतरनाक पनि छ !

Laxmi Sunrise Bank Limited
मालबाहक जहाजका कप्तान भन्छन् - लाल सागर एकदमै डरलाग्दो मात्रै छैन, खतरनाक पनि छ !
Shivam Cement

काठमाण्डौ ।एक मालबाहक जहाज कम्पनीका क्याप्टेन चिरागले आफ्नो जहाजबाट हालको लालसागरको स्थिति एकदमै डरलाग्दो भएको बताएका छन् ।  

बीबीसीले लालसागरमा उनलाई सोधेको प्रश्नमा भने, ‘वास्तवमा यहाँको अवस्था खतरनाक छ ।’

Bizshala
New Office
CG Motors

 

चालक दलसँगै उनी लाल सागर क्षेत्रमा व्यावसायिक जहाजहरूमा जारी आक्रमणको बारेमा चिन्तित छन्।

गत नोभेम्बरदेखि, यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले बारम्बार जहाजहरूमा चढ्ने र मिसाइलहरू प्रहार गर्ने प्रयासहरु निरन्तर जारी राखेका छन्।

अमेरिका र बेलायतको नेतृत्वमा भएको हवाई हमलाको बावजुद पनि उनीहरुलेविश्वव्यापी व्यापारको लागि महत्त्वपूर्ण मार्गमा आक्रमण जारी राख्ने बताइरहेका छन्।

सुरक्षा चिन्ताका कारण आफ्नो पूरा नाम वा आफ्नो जहाजको नाम खुलाउन नचाहने ती क्याप्टेन चिराग भन्छन्, ‘जुन दिन ती हमलाहरू भएका थिए उसको कम्पनीले उनलाई सुरक्षित स्थानमा जानका लागि खाली गर्ने योजना तयार गर्न भनेको थियो।’

हालैका हप्ताहरूमा विद्रोहीहरुले धेरै मालबाहक जहाजहरू माथि मिसाइलहरूले प्रहार गरेका छन् तर हालसम्म कुनै क्षति भएको तथ्य सार्वजनिक भएको छैन ।

मिशन टू सीफेरर्स कल्याणकारी संस्थाले विश्वभर जहाजमा काम गर्ने करिब १९ लाख पुरुष र महिला रहेको बताएको छ । सामूहिक रूपमा त्यो श्रमशक्तिले विश्वको ९० प्रतिशत सामानहरू महासागरहरूमा आवतजावत गर्ने जहाजमा लोड अनलोड गर्न मद्धत गर्छन् ।

एडेनको खाडीमा जहाजबाट बोल्दै क्याप्टेन चिरागले आक्रमणहरूले निम्त्याउने तनावको बारेमा सबिस्तार बताएका छन्।

‘चालक दलको सुरक्षाको कुरा गर्दा सबैभन्दा पहिला जीवन महत्वपूर्ण हुन्छ, त्यसपछि जहाज अनि वातावरणको सुरक्षा’, उनी भन्छन्।

उनले अन्य जहाजहरूमा रहेका चालक दलहरू पनि निकै डराउने गरेको बताए ।

संयुक्त राष्ट्र संघको अन्तरराष्ट्रिय समुद्री संगठन (आईएमओ) का महासचिव आर्सेनियो डोमिन्गुएजका अनुसार समुद्री यात्रीहरूको कल्याण ‘सर्वोच्च’ हो, जसको जिम्मेवारी अन्तरराष्ट्रिय ढुवानीलाई सुरक्षित राख्नु हो।

विद्रोहीहरुले आक्रमणको पहिलो निसाना बनाएको पहिलो जहाज एउटा कार क्यारियर मालबाहक ग्यालेक्सी थियो। यमनमा हुथी विद्रोहीहरूले जहाज र त्यसका चालक दललाई अझै पनि नियन्त्रणमा राखेका छन्  ।

वित्तीय सेवा समूह एलियान्जले  यदि संकट धेरै महिनासम्म रह्यो भने विश्वव्यापी मुद्रास्फीति आधा प्रतिशत बिन्दुले ५.१ मा धकेल्न सक्ने  भविष्यवाणी गरेको छ ।  

लाल सागरमा हुथी आक्रमणले यूरोप र एशिया बीचको मुख्य व्यापारिक मार्गबाट हुने अन्तरराष्ट्रिय व्यापार अवरुद्ध बनेको छ । विश्वको कुल व्यापारमा लाल सागरबाट हुने ढुवानीको १५ प्रतिशत हिस्सा छ ।

केहि प्रमुख ढुवानी कम्पनी र निर्यातक बीपीले पहिले नै दक्षिणी अफ्रिकातर्फ जहाजहरू डाइभर्ट गरिसकेका छन् ।दक्षिण अफ्रिकाको केप अफ गुड भएर मालसामान ल्याउँदा समुद्री भाडा दरहरू प्रति ४० फिट कन्टेनर १० हजार डलरले बढेको छ ।

यसले समय र लागतसमेत थपिएको छ । यदि संकट जारी रह्यो भने विश्व बजारमा तेल र सामानको मूल्य पनि नाटकीय रुपमा बढ्ने अनुमान छ ।-बीबीसी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.