आईतवार, जेष्ठ ३,२०८३ 10:25:53
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:25:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२०२५ मा विदेशी पर्यटक आगमनमा वृद्धि, ११ लाख ५८ हजारभन्दा बढी नेपाल भित्रिए

Laxmi Sunrise Bank Limited
२०२५ मा विदेशी पर्यटक आगमनमा वृद्धि, ११ लाख ५८ हजारभन्दा बढी नेपाल भित्रिए
Shivam Cement

काठमाण्डौ । सन् २०२५ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा बढेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका छन्।

सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। यस आधारमा सन् २०२५ मा विदेशी पर्यटक आगमनमा सामान्य तर सकारात्मक वृद्धि देखिएको बोर्डले जनाएको छ।

Bizshala
New Office
CG Motors

तथ्याङ्कअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट २ लाख ९२ हजार ४३८ जना आएका छन्। त्यसपछि अमेरिकाबाट १ लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अष्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्याण्डबाट ३० हजार २२७ तथा जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल आएका छन्।

नेपाल पर्यटन बोर्डका अनुसार गत डिसेम्बर महिनामा मात्र ९८ हजार १९० विदेशी पर्यटक नेपाल भित्रिएका थिए। उक्त महिनामा भारतबाट ३० हजार ९३, चीनबाट ८ हजार ६८०, अमेरिकाबाट ६ हजार ६०५, बंगलादेशबाट ४ हजार ९८०, अष्ट्रेलियाबाट ४ हजार ४१९, थाइल्याण्डबाट ४ हजार २३४, बेलायतबाट ३ हजार ७९३, म्यानमारबाट २ हजार ७५८ तथा मलेसियाबाट २ हजार ४२९ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

पर्यटक आगमनमा देखिएको यो वृद्धि नेपालका पर्यटन गतिविधि क्रमशः पुनःलयमा फर्कँदै गएको संकेत भएको पर्यटन व्यवसायीहरूको भनाइ छ। आगामी दिनमा पर्यटकीय पूर्वाधार सुधार, हवाई पहुँच विस्तार र प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनाउन सके पर्यटक संख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.