बिहीबार, असार १८,२०८३ 08:26:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:26:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चालु आवको पाँच महिनामा बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि

Laxmi Sunrise Bank Limited
चालु आवको पाँच महिनामा बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३.९ प्रतिशतले वृद्धि भई ७५ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा निक्षेप २८१ अर्ब ८९ करोड रुपैयाँले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.७ प्रतिशत (१७२ अर्ब ३२ करोड रुपैयाँ) ले वृद्धि भएको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तसम्म निक्षेप १३.९ प्रतिशतले बढेको देखिन्छ।

मङ्सिर मसान्तसम्म कुल निक्षेपमा चल्ती निक्षेपको अंश ६.४ प्रतिशत, बचत निक्षेप ३९.९ प्रतिशत र मुद्दती निक्षेप ४४.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.१ प्रतिशत थिए, जसले मुद्दती निक्षेपको अंश घट्दै गएको संकेत गर्दछ।

यसैगरी, २०८२ मङ्सिर मसान्तमा कुल निक्षेपमध्ये संस्थागत निक्षेपको हिस्सा ३५.३ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३५.८ प्रतिशत थियो।

New Office
CG Motors
Garima Development Bank

कर्जा प्रवाहतर्फ हेर्दा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत (१०२ अर्ब २४ करोड रुपैयाँ) ले बढेर ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कर्जा प्रवाह ३.५ प्रतिशत (१७८ अर्ब २९ करोड रुपैयाँ) ले वृद्धि भएको थियो। वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा ६.६ प्रतिशतले बढेको छ।

निजी क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत थिए।

संस्थागत संरचनाअनुसार समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको १.२ प्रतिशतले बढेको छ।

मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा आधारित कर्जाको अंश १४.९ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा आधारित कर्जाको अंश ६४.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अंश क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

क्षेत्रगत रूपमा हेर्दा, चालु आवको पाँच महिनामा निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फ ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.४ प्रतिशतले बढेको छ। यद्यपि कृषि क्षेत्र तथा वित्त, बीमा र अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा भने २.२ प्रतिशतले घटेको छ।

कर्जा प्रकारअनुसार, हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासहित) ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ। यस अवधिमा अधिविकर्ष कर्जा भने ५.४ प्रतिशतले घटेको छ।

समग्रमा, चालु आर्थिक वर्षको प्रारम्भिक पाँच महिनामा बैंकिङ प्रणालीमा निक्षेप संकलन सुदृढ बन्दै गएको भए पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार अपेक्षाकृत सुस्त देखिएको छ, जसले समग्र आर्थिक गतिविधि अझै पूर्ण गतिमा नफर्किएको संकेत गर्दछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.