मंगलवार, माघ २०,२०८२ 06:22:23
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 06:22:23
Bizshala
Global IME Bank Limited
Bizshala

शंकास्पद कारोबारमा ३०% को वृद्धि, नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट निकाल्ने प्रयास प्रभावकारी बन्दै

शंकास्पद कारोबारमा ३०% को वृद्धि, नेपाललाई एफएटिएफको ग्रे लिस्टबाट निकाल्ने प्रयास प्रभावकारी बन्दै
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२४/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

यो प्रतिवेदनले सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माणमा हुने वित्तीय लगानी निवारण (एएमएल/सीएफटी/सीपीएफ) सम्बन्धी इकाईका नीतिगत तथा सञ्चालनगत कार्यहरूको विस्तृत विवरण प्रस्तुत गरेको छ । प्रतिवेदनमा इकाईले प्राप्त गरेका प्रतिवेदनहरूको विश्लेषण, प्रेषित तथ्याङ्क, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वय र आगामी रणनीतिक प्राथमिकताहरू समेटिएका छन् ।

Bizshala
Garima Development Bank
New Office

प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा इकाईले सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको छ । साथै, goAML अपरेशनल गाइडलाइन्स जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न भएका छन् । इकाईले वर्षभरि सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवालाहरूका लागि क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

goAML प्रणालीमार्फत वित्तीय सूचना सङ्कलनमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनले देखाएको छ । अघिल्लो वर्ष (२०८०/८१) मा goAML मा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या १,६३८ रहेकोमा यो वर्ष ३,४९७ पुगेको छ । यस अवधिमा इकाईले ८,५६५ वटा शङ्कास्पद कारोबार/गतिविधि प्रतिवेदन (एसटीआर/एसएआर) प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशत बढी हो । प्राप्त प्रतिवेदनहरूको विश्लेषण पनि ४० प्रतिशतले बढेको छ । विश्लेषणपछि इकाईले ८४५ वटा एसटीआर/एसएआरमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायहरूमा प्रेषित गरेको छ । यसले वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजनमा महत्वपूर्ण सहयोग पुगेको विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि इकाईको सक्रियता बढेको छ । यो वर्ष विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदानप्रदान भएका छन्, जसले सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराधहरूविरुद्ध सहकार्यलाई मजबुत बनाएको छ । एशिया प्रशान्त समूह (एपीजी) ले सन् २०२३ मा गरेको पारस्परिक मूल्याङ्कनपछि नेपाललाई 'जुरिसडिक्शन अन्डर इन्क्रिज्ड मोनिटरिङ' (ग्रे लिस्ट) मा राखिएपछि इकाईमार्फत भएका समन्वयात्मक प्रयासहरूलाई पनि प्रतिवेदनमा समेटिएको छ ।

आगामी दिनहरूमा इकाईले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका सुधारहरूलाई प्राथमिकतामा राखेको छ । वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

Muktinath Bikas Bank Limited

यो प्रतिवेदनले नेपालको वित्तीय प्रणालीलाई थप पारदर्शी र सुरक्षित बनाउने दिशामा महत्वपूर्ण कदम चालिएको सङ्केत गरेको छ । सरोकारवालाहरूले यसलाई वित्तीय अपराध नियन्त्रणमा सकारात्मक विकासका रूपमा लिएका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.