बिहीबार, असार १८,२०८३ 05:46:59
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:46:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जेनजी आन्दोलनको प्रभावले वाणिज्य बैंकहरुको नाफा १४.९५% ले घट्यो, कुनको कति ?

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनको प्रभावले वाणिज्य बैंकहरुको नाफा १४.९५% ले घट्यो, कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुको मुनाफा १४.९५ प्रतिशतले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालु आवको ५ महिनासम्ममा २५ अर्ब ७२ करोड ७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै १५ प्रतिशत बढी हो । गत आवको ५ महिनामा वाणिज्य बैंकहरुले ३० अर्ब २४ करोड ८ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सो अवधिसम्म आइपुग्दा ६ वाणिज्य बैंकको नाफा मात्रै गत आवको तुलनामा बढेको छ भने १४ बैंकको नाफा भने घट्न पुगेको छ ।

जेनजी आन्दोलनपश्चात् वाणिज्य बैंकहरुको नाफामा संकुचन देखिएको छ । विशेषतः घट्दो ब्याजदर र उद्योग व्यवसाय, रियल स्टेट, सेयर कारोबारमा सुस्तता देखिएसँगै कर्जाको माग बढ्न नसक्दा बाणिज्य बैंकहरुको नाफा प्रभावित बन्न पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

जेनजी आन्दोलन र त्यसपछिको असरले धेरै व्यवसायको नगद प्रवाह बिग्रिएको छ । यसले व्यवसायीहरु कर्जा तिर्न नसक्ने अवस्थामा पुगेपछि बैंकहरुको खराब कर्जा अनुपात बढेर नाफा घट्न पुगेको देखिन्छ ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ३ ख र्ब २२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १३.६९ प्रतिशत बढी हो ।

त्यस्तै, नबिल बैंकले ३ अर्ब ११ करोड, प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड, एभरेष्ट बैंकले १ अर्ब ८९ करोड, एनएमबी बैंकले १ अर्ब ६५ करोड, कुमारी बैंकले १ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २३ करोड, प्रभु बैंकले १ अर्ब १६ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब १६ करोड, हिमालयन बैंकले १ अर्ब १३ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै सानिमा बैंकले १ अर्ब ६ करोड, सिद्धार्थ बैंकले १ अर्ब १७ लाख रुपैयाँ, लक्ष्मी सनराइजले ९२ करोड ६६ लाख, नेपाल एसबीआई बैंकले ९० करोड ४७ लाख, माछापुच्छ्रे बैंकले ८४ करोड ३५ लाख, एनआइसी एशियाले ५९ करोड ४५ लाख, नेपाल बैंकले ५९ करोड ४ लाख, कृषि विकास बैंकले ४१ करोड ७१ लाख र सिटिजन्स बैंकले २४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएका छन् ।

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले २६.४४ प्रतिशतले नाफा ग्रोथ गरेको छ ।

त्यस्तै, सानिमा बैंकले १७.५६ प्रतिशत, ग्लोबल आइएमईले १३.६९ प्रतिशत, सिद्धार्थ बैंकले २।३२ प्रतिशत र माछापुच्छ्रे बैंकले १.९५ प्रतिशत ग्रोथ गरेको छ । सबैभन्दा धेरै नाफा घट्नेमा भने सिटिजन्स बैंक रहेको छ । बैंकको नाफा ६४.९२ प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.