बिहीबार, असार १८,२०८३ 08:25:26
Bizshala
  • बिहीबार, असार १८,२०८३ 08:25:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अव्यवस्थित स्पीड ब्रेकरले सवारी साधनमा पार्न सक्छन् यस्ता नोक्सानी

Laxmi Sunrise Bank Limited
अव्यवस्थित स्पीड ब्रेकरले सवारी साधनमा पार्न सक्छन् यस्ता नोक्सानी

काठमाण्डौ । सडक दुर्घटना नियन्त्रणका लागि स्पीड ब्रेकर अत्यन्त आवश्यक मानिन्छन्। विशेषगरी सवारीसाधनको गति नियन्त्रण गरी यात्रुको सुरक्षा सुनिश्चित गर्न स्पीड ब्रेकरले महत्वपूर्ण भूमिका खेल्छ। तर अव्यवस्थित, अत्यधिक अग्ला वा बिना संकेत (मार्किङ)गरी बनाइएका स्पीड ब्रेकरहरूले दुर्घटना रोक्नेभन्दा पनि सवारीसाधनलाई क्षति पुर्याउने खतरा बढाइरहेका छन्।

गलत डिजाइनका स्पीड ब्रेकरमाथि तीव्र गतिमा वा असावधानीपूर्वक सवारी गुडाउँदा कार तथा बाइकको सस्पेन्सन प्रणालीमा गम्भीर असर पर्न सक्छ। यसले ह्वील अलाइनमेन्ट बिग्रिनुका साथै गाडीको अन्डरबडी र इन्जिनमा समेत क्षति पुर्याउन सक्छ। यस्ता ब्रेकरका कारण टायर र रिम क्षतिग्रस्त हुनुका साथै गाडीका बडी पार्ट्स पनि खुकुलो हुने समस्या देखिन्छ।

New Office
CG Motors
Garima Development Bank

सस्पेन्सन प्रणालीमा सबैभन्दा बढी असर

बारम्बार तीव्र झट्का लाग्दा गाडीका शोक एब्जर्भर कमजोर हुने वा पूर्ण रूपमा बिग्रिने सम्भावना हुन्छ। सस्पेन्सनमा प्रयोग गरिएका रबर बुशिङ र बल जोइन्ट समयभन्दा अगाडि नै घिसिन वा खुकुलो हुन सक्छन्, जसका कारण गाडीबाट खटखट आवाज आउन थाल्छ। साथै, उच्च गतिमा स्पीड ब्रेकर पार गर्दा पाङ्ग्राको कोण बिग्रन सक्छ, जसले गाडी एकातिर तानिने र टायरको आयु घट्ने समस्या निम्त्याउँछ।

सेडान र ह्याचब्याक गाडी बढी जोखिममा

स्पीड ब्रेकरको असर गाडीको ग्राउन्ड क्लियरेन्ससँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। बढी ग्राउन्ड क्लियरेन्स भएका गाडीहरू तुलनात्मक रूपमा सुरक्षित भए पनि सेडान र ह्याचब्याक जस्ता कम ग्राउन्ड क्लियरेन्स भएका सवारीसाधनका लागि अग्ला स्पीड ब्रेकर ठूलो जोखिम बन्छन्। ब्रेकरसँग गाडीको तल्लो भाग ठोक्किँदा इन्जिनको आयल सम्प क्षतिग्रस्त भई आयल लिक हुने सम्भावना हुन्छ। साथै, साइलेंसर र एक्जस्ट पाइप पनि बारम्बार ब्रेकरमा ठोक्किएर फुट्ने समस्या देखिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टायर फुट्ने खतरा पनि उत्तिकै

स्पीड कम नगरी स्पीड ब्रेकर पार गर्दा टायरको भित्री संरचनामा रहेका तारहरू क्षतिग्रस्त हुन सक्छन्। यसले टायरमा बल्ज आउनुका साथै भविष्यमा टायर फुट्ने जोखिम बढाउँछ। एलोय ह्वीलमा समेत क्षति पुग्न सक्छ। लगातार यस्ता ब्रेकर पार गर्दा गाडीका विभिन्न बडी पार्ट्स खुकुलो हुँदै जाने समस्या पनि देखिन्छ।

सवारीसाधनलाई सुरक्षित राख्न स्पीड ब्रेकर देखिनासाथ गति कम गर्नु अत्यन्त आवश्यक छ। ब्रेकरमाथि पुगेपछि अचानक ब्रेक लगाउनुको सट्टा पहिले नै स्पीड घटाएर गाडीलाई बिस्तारै लुढ्किन दिनु उपयुक्त हुन्छ। यी साना तर महत्वपूर्ण सावधानीहरूले गाडीलाई ठूलो क्षतिबाट जोगाउन सकिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.