सोमबार, जेष्ठ ४,२०८३ 04:00:06
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:00:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नर्डिक पर्यटकको रोजाइमा नेपाल, हेलसिन्कीको माट्का मेलामा देखियो उत्साह

Laxmi Sunrise Bank Limited
नर्डिक पर्यटकको रोजाइमा नेपाल, हेलसिन्कीको माट्का मेलामा देखियो उत्साह
Shivam Cement

काठमाण्डौ। फिनल्याण्ड तथा नर्डिक मुलुकका पर्यटकहरूमा नेपालप्रति रुचि बढ्दै गएको संकेत हेलसिन्कीमा सम्पन्न नर्डिक क्षेत्रको सबैभन्दा ठूलो पर्यटन मेला माट्का २०२६ मा स्पष्ट रूपमा देखिएको छ । पदयात्रा, पर्वतारोहण, प्रकृतिसँग नजिकको यात्रा अनुभव र दिगो पर्यटनप्रति नर्डिक यात्रुहरूको चासोले नेपाललाई प्रमुख गन्तव्यका रूपमा अघि सारेको देखिएको छ ।

१५ देखि १८ जनवरीसम्म हेलसिन्की एक्स्पो तथा कन्भेन्सन सेन्टरमा आयोजित मेलामा नेपाल पर्यटन बोर्डको समन्वयमा स्थापित राष्ट्रिय प्याभिलियन नर्डिक ट्राभल ट्रेड, टुर अपरेटर तथा सम्भावित पर्यटकहरूको आकर्षणको केन्द्र बन्यो । मेलाको अवधिभर नेपालसम्बन्धी जानकारी लिन चाहने आगन्तुकहरूको बाक्लो उपस्थिति देखिएको थियो । राष्ट्रिय प्याभिलियनमा सहभागी नेपाली पर्यटन कम्पनीहरूले पदयात्रा, साहसिक गतिविधि, पर्वतारोहण, सांस्कृतिक तथा

अनुकूलित भ्रमण कार्यक्रमलगायत नेपालका विविध पर्यटन उत्पादनहरू प्रस्तुत गरेका थिए ।

Bizshala
New Office
CG Motors

मेलाका क्रममा नेपाल पर्यटन बोर्ड तथा व्यवसायीहरूले नर्डिक क्षेत्रका ट्राभल व्यवसायीसँग प्रत्यक्ष संवाद गर्दै नयाँ व्यावसायिक सम्भावनाबारे छलफल गरेका थिए । विशेषगरी वातावरणमैत्री यात्रा, समुदायमा आधारित पर्यटन र जिम्मेवार भ्रमण अभ्यासप्रति नर्डिक बजारको चासो नेपालका दिगो पर्यटन अभ्याससँग मेल खाने देखिएको सहभागीहरूले बताएका छन् ।

मेलाको केन्द्रीय मञ्चमा नेपाल–फिनल्याण्ड समाजको सहकार्यमा प्रस्तुत गरिएको नेपाली सांस्कृतिक कार्यक्रमले आगन्तुकहरूको ध्यान तान्यो । सांस्कृतिक प्रस्तुतीमार्फत नेपालको परम्परा, पहिचान र विविधता उजागर हुँदा नेपालप्रति थप सकारात्मक छवि निर्माण भएको छ । यसले नेपाल र फिनल्याण्डबीचको सांस्कृतिक तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलले बताएका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

उनले एक विशेष सत्रको प्रस्तुतीकरणमा समुदायमा आधारित पर्यटन, वातावरण संरक्षण, जिम्मेवार यात्रा अभ्यास तथा दिगो पर्यटन विकासका पहलहरूबारे विस्तृत रूपमा प्रकाश

पारिएको थियो, जसले दिगोपनालाई उच्च प्राथमिकता दिने नर्डिक बजारसँग नेपालको पर्यटन दृष्टिकोणको स्पष्ट सामञ्जस्य प्रस्तुत गरेको थियो । माट्का २०२६ मा नेपालको सफल सहभागिताले फिनल्याण्ड तथा समग्र नर्डिक क्षेत्रसँगको पर्यटन सहकार्यलाई थप सुदृढ बनाउनुका साथै नयाँ व्यवसायिक साझेदारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ । 

यस सहभागिताले साहसिक, सांस्कृतिक र दिगो पर्यटनको समन्वित गन्तव्यका रूपमा नेपाललाई प्रवर्द्धन गर्ने नेपाल पर्यटन बोर्डको दीर्घकालीन रणनीतिलाई थप बल प्रदान गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.