शनिबार, श्रावण २,२०८३ 04:31:21
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:31:21
Bizshala
Global IME Bank Limited

पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने ६% ले वृद्धि

पुसमा घरजग्गा कारोबार स्थिर, राजस्व भने ६% ले वृद्धि
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर महिनामा उच्च घरजग्गा कारोबार भएपनि पुसमा कारोबार संख्या स्थिर रहेको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ।

विभागका अनुसार पुसमा देशभर ५१ हजार ८०० घरजग्गा कारोबार भएका छन्, जुन मंसिरको ५१ हजार ६०० कारोबारसँग लगभग समान छ।

तर, पुसमा कारोबार संख्या स्थिर भए पनि राजस्वमा ६ प्रतिशत वृद्धि भएको छ। पुसमा घरजग्गा कारोबारबाट सरकारलाई ५ अर्ब १७ करोड रूपैयाँ राजस्व प्राप्त भएको छ, जबकि मंसिरमा यही रकम ४ अर्ब ८४ करोड रहेको थियो।

घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वमा सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षक समावेश छन्। तीमध्ये सबैभन्दा बढी योगदान रजिस्ट्रेसन दस्तुर र पुँजीगत लाभकरले पुर्याउँछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.