मंगलवार, जेष्ठ ५,२०८३ 04:48:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:48:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोलिसी सरेण्डरदर घटाउन बीमा कम्पनीहरको कसरत, समर्पण रकम २३.७७% ले घट्दा रु.३७.८० अर्बको बीमालेख व्यतित

Laxmi Sunrise Bank Limited
पोलिसी सरेण्डरदर घटाउन बीमा कम्पनीहरको कसरत, समर्पण रकम २३.७७% ले घट्दा रु.३७.८० अर्बको बीमालेख व्यतित
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा मुख्य समस्याको रुपमा रहेको पोलिसी सरेण्डरदर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरको पोलिसी सरेण्डरदर २३.७७ प्रतिशतले घटेको छ ।

प्राधिकरणका अनुसार गत आवको दोस्रो त्रैमाससम्म ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएकोमा चालु आवको सोही अवधिसम्म ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका छन् ।

सो अवधिसम्म ५१ हजार ७७ वटा बीमालेख समर्पण भएका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ६.१३ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म ५४ हजार ४१४ वटा पोलिसी त्याग भएका थिए ।

जीवन बीमा क्षेत्रमा मूल समस्याको रुपमा रहेको पोलिसी सरेण्डरदर कम हुँदै गएको छ । मासिक रुपमा अर्बौ रकम सरेण्डर मार्फत बाहिरिँदै जाँदा जीवन बीमा व्यवसायमा प्रत्यक्ष असर पारेको देखिन्छ । तर विस्तारै बीमकहरुले झेलिरहेको सरेण्डरको समस्याको निराकरण हुँदै गएको देखिएको छ ।

Bizshala
New Office
CG Motors

यस वर्ष बीमा कम्पनीहरु पोलिसी त्याग गर्नेको संख्या र कम्पनीहरुबाट सरेण्डर मार्फत बाहिरिने रकम कम गर्न लागिपरेका छन् । फलस्वरुप त्यसको परिणाम केही हदसम्म सकारात्मक पनि देखिएको छ ।  

जीवन बीमा क्षेत्रमा पोलिसी सरेण्डर दर कम गर्न नियामक निकाय र स्वयम बीमकहरुको मुख्य भूमिका देखिन्छ । नियामक निकाय र जीवन बीमकहरुले विभिन्न स्थानीय निकायहरुसँग समन्वय गरी बीमा साक्षरता कार्यक्रम आयोजना गरी बीमा सचेतना फैलाइरहेका छन् ।

बीमा कम्पनीहरुमा पोलिसी त्याग गर्नेको संख्या र यस्तो रकम घट्दै गएपनि नविकरण नभएको पोलिसी रकम भने तीव्र रुपमा बढ्दै गइरहेको छ ।

प्राधिकरणका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म ३७ अर्ब ८० करोड ७६ लाख रुपैयाँ बराबरको पोलिसी व्यतित भएका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४।५३ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म व्यतित भएको बीमालेख रकम ३६ अर्ब १६ करोड ८९ लाख रुपैयाँ थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

सो अवधिसम्म १२ लाख ३१ हजार ६५० वटा पोलिसी व्यतित भएका छन् । यो पोलिसी संख्या गत आवको सोही अवधिसम्मको तुलनामा ०.१७ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म यस्तो संख्या १२ लाख २९ हजार ५०६ वटा थिए ।

बीमा कम्पनीहरुले यस्तो दर कम गर्न पटक–पटक व्यतित बीमालेख नविकरण गर्दा शतप्रतिशत अर्थात् भारी छुट दिने योजना ल्याइरहेका छन् । तर यस्ता योजना खासै प्रभावकारी भने हुन सकेको छैन । अझैपनि कतिपय बीमितहरुमा आफुले कुन पोलिसी र कति अवधिको पोलिसी खरिद गरेको हो त्यो कुराको जानकारी छैन ।  

यस्तो दर बढ्दै जानुमा केही हदसम्म अभिकर्ताहरुको पनि दोष देखिन्छ । अभिकर्ताले बीमा गराउँदा पोलिसीको विषयमा राम्रोसँग बुझाउन नसक्नु र समयमै नविकरण गर्दा के कस्ता बेफाइदा हुन्छ भन्ने कुराको जानकारी राम्रोसँग बुझाउन आवश्यक हुन्छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.