सोमबार, जेष्ठ ४,२०८३ 09:02:54
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:02:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई लाइफको खुद नाफा २७.०६ करोड, बीमा शुल्क आर्जन ३६ प्रतिशतले वृद्धि

Laxmi Sunrise Bank Limited
आइएमई लाइफको खुद नाफा २७.०६ करोड, बीमा शुल्क आर्जन ३६ प्रतिशतले वृद्धि
Shivam Cement

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.०४ प्रतिशतले मात्र बढे पनि बढ्दो खर्च र दाबी भुक्तानीको दबाबका बीच नाफा स्थिर राख्न सफल भएको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब १४ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । खुद बीमाशुल्क आम्दानी ३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६.४५ प्रतिशतले बढी हो । यसले कम्पनीको व्यवसाय विस्तार तीव्र रूपमा अघि बढिरहेको संकेत गर्दछ ।

Bizshala
New Office
CG Motors

यद्यपि, आम्दानीसँगै दाबी भुक्तानी र खर्च पनि उल्लेख्य रूपमा बढेका छन् । कम्पनीले दोस्रो त्रैमाससम्म २ अर्ब ९४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै हो । साथै, कुल खर्च ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन ३०.०५ प्रतिशतको वृद्धि हो । यसले नाफा वृद्धिमा दबाब सिर्जना गरेको देखिन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

लगानी तथा कर्जा आम्दानीबाट कम्पनीले ७१ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ भने बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यस्ता वैकल्पिक आम्दानी स्रोतले नाफा सन्तुलनमा सहयोग पुर्‍याएको विश्लेषण गर्न सकिन्छ ।

पूँजी संरचनातर्फ कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) १०.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२९.१६ रुपैयाँ र मूल्य–आम्दानी अनुपात ४१.११ गुणा कायम भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.