बिहीबार, फाल्गुन २१,२०८२ 01:56:08
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 01:56:08
Bizshala
Global IME Bank Limited

चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित

Hyundai Nepal
चलचित्र पर्यटन प्रवर्द्धनका लागि चार बुँदे समझदारी, कान्स २०२६ मा नेपालको सहभागिता सुनिश्चित
Shivam Cement

काठमाण्डौ । चलचित्रमार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन बोर्ड (एनटीबी) र चलचित्र विकास बोर्ड (एफडीबी)बीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार नेपालले कान्स फिल्म फेस्टिभल २०२६ मा आधिकारिक रूपमा सहभागिता जनाउने, पोखरामा अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल आयोजना गर्ने, अडियो–भिजुअल स्टोरीटेलिङ अभियान सञ्चालन गर्ने तथा चलचित्र पर्यटनसम्बन्धी प्रवर्द्धन सामग्री उत्पादन गर्ने सहमति भएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बुधबार आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश राज दाहाल (दिनेश डिसी)ले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो समझदारी आर्थिक वर्ष २०८२÷८३ का स्वीकृत कार्यक्रम तथा बजेटअन्तर्गत गरिएको बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिएका छन् ।

समझदारीको मुख्य बुँदाअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । त्यस्तै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यो सहकार्यलाई लामो यात्राको सुरुवात भएको बताएका छन् । उनले प्रत्येक वर्ष कान्स फिल्म फेस्टिभलमा नेपालको उपस्थिति सुनिश्चित गर्दै चलचित्र क्षेत्रलाई विश्वमाझ स्थापित गरिने जानकारी दिएका छन् ।

‘चलचित्र छायाङ्कन भइसकेपछि ती स्थानहरू स्वतः पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धित हुने गरेका छन्,’ उनले भने, ‘नेपाललाई पर्यटनप्रधान देश बनाउन हामी हातेमालो गरेर अघि बढ्नेछौं ।’

त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले नेपाललाई ल्याण्ड अफ मेमोरेबल स्टोरिज्का रूपमा स्थापित गर्ने लक्ष्यसहित चलचित्र पर्यटनलाई प्राथमिकतामा राखिएको बताए । 

उनले चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै चलचित्र बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने बताए । ‘पर्यटन बोर्डले वार्षिक रूपमा ५०–६० अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउँदै आएको छ, यस सम्झौतापछि बोर्डले सहभागिता जनाउने प्रमुख कार्यक्रमहरूमा चलचित्र क्षेत्रसँग सहकार्य गर्न सकिन्छ,’ उनले भने ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रा (सेट–जेटिङ) लाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवर्द्धन गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवर्द्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् । 

यस सहकार्यबाट कम चर्चित गन्तव्यहरूमा समेत पर्यटकको आकर्षण बढ्ने, स्थानीय अर्थतन्त्र चलायमान हुने, रोजगारी सिर्जना हुने र सांस्कृतिक आदान–प्रदान सुदृढ हुने बोर्डका वरिष्ठ प्रबन्धक थपिलयाले बताएका छन् ।

त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव बैकुण्ठ राज पराजुलीले पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीचको यो समझदारीले नेपाललाई क्षेत्रीय तथा विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने रणनीतिक कदम भएको बताएका छन् । 

विश्वव्यापी रूपमा चलचित्र पर्यटनले गति लिइरहेको सन्दर्भमा नेपालले आफ्ना प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सम्पदालाई पर्दामार्फत विश्वसामु प्रस्तुत गर्दै पर्यटन आगमन वृद्धि गर्ने लक्ष्य लिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.