मंगलवार, जेष्ठ ५,२०८३ 05:32:44
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:32:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानको जीवन बीमा बजार २०३० सम्म ५.४% वार्षिक वृद्धिदरमा विस्तार हुने प्रक्षेपण

Laxmi Sunrise Bank Limited
जापानको जीवन बीमा बजार २०३० सम्म ५.४% वार्षिक वृद्धिदरमा विस्तार हुने प्रक्षेपण
Shivam Cement

काठमाण्डौ । विश्वव्यापी डेटा तथा विश्लेषण संस्था ‘ग्लोबल डेटा’ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार जापानको जीवन बीमा बजारले २०३० सम्म कुल लिखित प्रिमियम (जीडब्लुपी) का आधारमा ५.४ प्रतिशत वार्षिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ।

प्रतिवेदनका अनुसार सन् २०२५ मा उद्योगको आकार २६६.२ अर्ब अमेरिकी डलर पुग्नेछ भने २०३० सम्म यो ३३७.७ अर्ब डलरमा विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०२५ मा १.७ प्रतिशत वृद्धिपछि २०२६ मा वृद्धिदर ३.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। नयाँ जीवन बीमा योजनामा उच्च क्रेडिटेड यिल्ड, पूँजी अनुकूलन (पुनर्बीमासहित) तथा तीव्र डिजिटल वितरण विस्तारले वृद्धिलाई टेवा दिने प्रतिवेदनमा उल्लेख छ।

Bizshala
New Office
CG Motors

यस्तै २०२४ को संकुचनपछि २०२६ मा देखिने सुधारले बजार स्थिर बन्दै गएको संकेत गर्ने बताइएको छ। येनमा आधारित जीवन बीमा योजनाको बलियो बिक्रीले विदेशी मुद्रामा आधारित उत्पादनको कमजोरीलाई सन्तुलनमा राख्दै २०२५ सम्म टपलाइन स्थिरता कायम राख्ने विश्लेषकले बताएका छन् र २०२६ का लागि बलियो आधार तयार पार्ने विश्वास गरिएको छ।

जापानी सरकारी ऋणपत्रको प्रतिफल वृद्धिले पनि बीमा कम्पनीहरूको लगानी रणनीतिमा प्रभाव पारेको छ। ४० वर्षे बोण्डको अधिकतम प्रतिफल जनवरी २०२५ मा ३.३४ प्रतिशतबाट २५ नोभेम्बर २०२५ सम्म ३.५६ प्रतिशत पुगेको छ। वित्त मन्त्रालयले १३५ अर्ब डलरको आर्थिक प्याकेज आंशिक रूपमा वित्तपोषण गर्न ऋणपत्र जारी वृद्धि गरेपछि प्रतिफल उकालो लागेको हो।

पूँजी व्यवस्थापन र पुनर्बीमा पनि प्राथमिकतामा परेका छन्। मार्च २०२५ मा जापानको वित्तीय सेवा निकायले अफशोर जीवन पुनर्बीमा संरचनामाथि कडाइ गरेको थियो । विकसित नियामकीय ढाँचाअन्तर्गत पूँजी दक्षता सुधार गर्न पुनर्बीमाको प्रयोग बढ्दै गएपछि यस्तो निगरानी कडा बनाइएको हो।

Garima Development Bank
Shivam Cement
IME remit

दीर्घकालीन मागमा जनसांख्यिकीय परिवर्तन मुख्य कारक रहने अपेक्षा छ। सन् २०३५ सम्म जापानको ६५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ३२.३ प्रतिशत पुग्ने प्रक्षेपण छ, जसले वृद्ध आश्रित अनुपातलाई २०२३ को ५० प्रतिशतबाट ५३.१ प्रतिशतमा पुर्‍याउनेछ। घट्दो जन्मदरका बाबजुद पनि संरक्षण, एन्युटी र स्वास्थ्य राइडर उत्पादनप्रति माग स्थिर रहने अनुमान गरिएको छ।

यसैबीच, विदेशी बासिन्दाको स्वास्थ्य बीमा तथा पेन्सन अभिलेखसँग आवासीय स्थिति जोड्ने कडा नियमहरू २०२७ जुनसम्म पूर्ण कार्यान्वयनमा ल्याउने योजना छ। यसले अनुपालन सुधार गर्नुका साथै जीवन बीमा अन्तर्गत तेस्रो क्षेत्रका स्वास्थ्य सम्बन्धी उत्पादनको प्रयोगमा प्रभाव पार्न सक्ने देखिएको छ।

साथै, बीमा कम्पनी र इन्सुरटेक फर्महरूले अन्डरराइटिङ, सेवा र दाबी प्रशोधन प्रक्रियामा डिजिटल उपकरण तथा एआई प्रयोग विस्तार गरिरहेका छन्। एम्बेडेड बीमा र साझेदारी मोडलमार्फत डिजिटल वितरण बढ्दै गएको छ भने ब्रोकर समेकनले लागत घटाउँदै पहुँच विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.