मंगलवार, जेष्ठ ५,२०८३ 01:35:08
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:35:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पूर्वराजा शाहले भने, ‘राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जानु उचित हुँदैन’

Laxmi Sunrise Bank Limited
पूर्वराजा शाहले भने, ‘राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जानु उचित हुँदैन’
Shivam Cement

काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा राष्ट्रिय समस्या समाधान नगरी निर्वाचनमा जाने निर्णय तत्काल उपयुक्त नहुने बताएका छन्। ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार जारी भिडियो सन्देशमा उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान राजनीतिक अस्थिरता र राष्ट्रिय समस्या समाधान नगरी चुनावमा जानु उचित नहुने बताए ।

उनले भने, ‘प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छान्नु स्वाभाविक प्रक्रिया हो, तर अहिलेको अवस्थालाई ध्यानमा राख्दै पहिला राष्ट्रिय समस्याहरू समाधान गर्नु आवश्यक छ।’ उनका अनुसार, चुनावपछि खिचातानी र द्वन्द्व उत्पन्न नहोस् भनेर समझदारीपूर्वक अघि बढ्नु मुलुकको हितमा हुनेछ।

Bizshala
New Office
CG Motors

यस्तै उनले कुनै व्यवस्थाको राम्रा र असल पक्षहरू टिप्नु र राख्नुपर्ने बताउँदै जुनै व्यवस्थाको नराम्रो र खराब पक्षहरू हुन्छन्, त्यस्तालाई फाल्नु र फ्याँक्नुपर्ने बताए ।  

पूर्वराजाले अहिलेको परिस्थितिमा नागरिकहरूले अधिकार मात्र खोज्ने र कर्तव्यवोध नदेखाउने प्रवृत्ति दुखद् रहेको बताएका छन्। ‘आलोपालो भाग लगाएर खाऔँ भन्ने सोचले होइन, मिलेर काम गर्ने दृष्टिकोणले मुलुकलाई नयाँ गति दिन सकिन्छ,’ उनले भने ।

Garima Development Bank
Shivam Cement
IME remit

उनले नागरिक सचेत र जागरुक नभएसम्म प्रजातन्त्र बलियो नहुनेमा पनि जोड दिएका छन्। सिंगो मुलुक अहिले अस्वाभाविक छटपटी, अन्योल र अस्तित्व संकटको सामना गरिरहेको र आम नेपालीले त्यसको अनुभव गरिरहेको पूर्वराजाले बताए।

यस्तै उनले विगतमा भएका आन्दोलन र संघर्षले ल्याएका परिवर्तनले देश र जनतालाई के दियो भन्ने आत्मसमीक्षा गर्ने बेला आएको समेत बताए । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.