मंगलवार, जेष्ठ ५,२०८३ 12:16:47
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:16:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रचण्ड–बाबुराम विरुद्धको युद्ध अपराध सम्बन्धी मुद्दाको रिटमा आज फैसला हुने

Laxmi Sunrise Bank Limited
प्रचण्ड–बाबुराम विरुद्धको युद्ध अपराध सम्बन्धी मुद्दाको रिटमा आज फैसला हुने
Shivam Cement

काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का ताात्कालीन अध्यक्ष पुष्पकमल दाहाल नेता डा. बाबुराम भट्टराईविरुद्ध दायर गरिएको युद्ध अपराधसम्बन्धी बहुचर्चित मुद्दामा आज अन्तिम निर्णय सुनाउने भएको छ ।  

द्वन्द्वकालीन घटनासँग जोडिएको यो संवेदनशील मुद्दा लामो समयदेखि सर्वोच्चको विचाराधीन अवस्थामा रहँदै अन्ततः निर्णय चरणमा पुगेको हो ।

Bizshala
New Office
CG Motors

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको संयुक्त इजलासले यस मुद्दाको सुनुवाइ गर्दै आएको छ ।

यसअघि पनि सोही इजलासमा पटक–पटक पेशी तोकिए पनि विभिन्न कारणले निर्णय स्थगित हुँदै आएको थियो ।  

पछिल्ला पेशीहरू पनि सारिँदै अन्ततः आजका लागि अन्तिम निर्णय सुनाउने तयारी गरिएको अदालत स्रोतले जनाएको छ ।

उक्त मुद्दा माओवादी सशस्त्र द्वन्द्वको समयमा बालसैनिक प्रयोग गरिएको भन्ने आरोपसँग सम्बन्धित छ ।

निवेदकहरूले द्वन्द्व समाप्त भएपछि ती बालसैनिकहरूलाई अयोग्य लडाकूका रूपमा शिविरबाट हटाइएको, पुनःस्थापनाको प्रक्रिया प्रभावकारी रूपमा अघि नबढाइएको तथा न्याय र परिपूरणका विषयहरू लामो समयदेखि ओझेलमा परेको दाबी गरेका छन् ।

पूर्व माओवादी लडाकु लेनिन विष्टसहितका निवेदकहरूले तात्कालीन माओवादी नेतृत्वले आफूहरूलाई युद्धकालमा बालसैनिकका रूपमा प्रयोग गरेको आरोप लगाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  

उनीहरूले शान्ति प्रक्रिया सम्पन्न भएको लामो समय बितिसक्दा पनि आफूहरूको पहिचान, क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था सुनिश्चित नभएको भन्दै राज्य र सम्बन्धित पक्षको दायित्व पूरा गराउन माग गरेका छन् ।

Garima Development Bank
Shivam Cement
IME remit

रिट निवेदनमा तात्कालीन माओवादी नेतृत्वका रूपमा रहेका पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईलाई विपक्षी बनाइएको छ ।  

निवेदकहरूले आफूहरूलाई बालसैनिकका रूपमा मान्यता दिँदै उचित परिपूरण, क्षतिपूर्ति तथा न्याय सुनिश्चित गर्न अन्तरिम आदेश जारी गर्न पनि माग गरेका छन् ।

यसअघि यो रिट सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।

तर, सो निर्णयविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश डा.आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गरी रिट दर्ता गर्न आदेश दिएको थियो ।  

त्यसपछि मात्र मुद्दा औपचारिक रूपमा सर्वोच्चमा दर्ता भई नियमित सुनुवाइ प्रक्रियामा अघि बढेको हो ।

द्वन्द्व, मानवअधिकार र संक्रमणकालीन न्यायसँग प्रत्यक्ष सम्बन्धित भएकाले यो मुद्दालाई कानूनी मात्र नभई राजनीतिक र सामाजिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिएको छ ।  

सर्वोच्चको आजको निर्णयले बालसैनिक प्रयोग, राज्यको दायित्व तथा संक्रमणकालीन न्यायका विषयमा महत्वपूर्ण कानुनी नजिर स्थापना गर्न सक्ने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.