सोमबार, जेष्ठ ४,२०८३ 02:31:23
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:31:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकाले इन्डोनेसियामाथिको ट्यारिफ ३२% बाट १९% मा झार्यो, ३० अर्ब डलरभन्दा बढीको व्यापार सहमति

Laxmi Sunrise Bank Limited
अमेरिकाले इन्डोनेसियामाथिको ट्यारिफ ३२% बाट १९% मा झार्यो, ३० अर्ब डलरभन्दा बढीको व्यापार सहमति
Shivam Cement

काठमाण्डौ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन र इन्डोनेशिया सरकारबीच नयाँ व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार अमेरिकाले इन्डोनेसियाली वस्तुमाथि लाग्दै आएको ३२ प्रतिशत ट्यारिफ घटाएर १९ प्रतिशतमा झार्नेछ।

ह्वाइट हाउसका अनुसार, इन्डोनेसियाले अमेरिकी आयातका ९९ प्रतिशत भन्दा बढी वस्तुमा व्यापार अवरोध हटाउने सहमति गरेको छ। साथै, ३० अर्ब डलरभन्दा बढी मूल्यका अमेरिकी वस्तुहरू खरिद तथा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

अमेरिकाले केही इन्डोनेसियाली वस्तुहरूमा ट्यारिफ छुट दिने घोषणा गरेको छ, जसमा अमेरिकी कपास तथा मानव–निर्मित कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका कपडा तथा टेक्सटाइलसमेत समावेश छन्।

Bizshala
New Office
CG Motors

यो सहमति इन्डोनेसियाका राष्ट्रपति प्राबोओ सुबिाआन्तोको वासिङ्टन भ्रमणका क्रममा भएको हो। उनी ट्रम्प नेतृत्वको ‘बोर्ड अफ पीस’ को पहिलो बैठकमा सहभागी हुन अमेरिका पुगेका थिए, जहाँ गाजा पुनर्निर्माणबारे छलफल गरिएको थियो।

इन्डोनेसियाका आर्थिक मामिला समन्वय मन्त्रीले ट्यारिफसम्बन्धी आफ्ना करिब ९० प्रतिशत मागहरू अमेरिकाले स्वीकार गरेको जानकारी दिए। उनका अनुसार, सम्झौताले पारस्परिक आर्थिक समृद्धि, सुदृढ आपूर्ति शृंखला र दुवै देशको सार्वभौमिकताको सम्मान सुनिश्चित गर्नेछ।

Garima Development Bank
Shivam Cement
IME remit

सम्झौताअनुसार, इन्डोनेसियाले कफी, मसला, चकलेट, प्राकृतिक रबर तथा प्रमुख निर्यात वस्तु पाम आयलसहित १७ सय भन्दा बढी वस्तुमा ट्यारिफ छुट सुरक्षित गरेको छ।

त्यसको बदलामा इन्डोनेसियाले कृषि, स्वास्थ्य, समुद्री उत्पादन, प्रविधि तथा सवारीसाधनसम्बन्धी अमेरिकी उत्पादनका लागि आफ्नो बजार खुला गर्नेछ। साथै, कपास, सोयाबिन, गाईको मासु, ऊर्जा र बोइङका विमानहरू खरिद गर्ने प्रतिबद्धता पनि जनाएको छ।

दुवै देशबीचको सम्झौता ९० दिनपछि कार्यान्वयनमा आउने बताइएको छ। यसबीच, खानी, प्रविधि र टेक्सटाइललगायत क्षेत्रमा ३८.४ अर्ब डलरबराबरका साझेदारी सम्झौतासमेत हस्ताक्षर भएका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.