आईतवार, श्रावण १०,२०८३ 11:06:53
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:06:53
Bizshala
Global IME Bank Limited

एनभिडियाले आर्जन गर्यो हालसम्मकै उच्च त्रैमासिक आम्दानी

एनभिडियाले आर्जन गर्यो हालसम्मकै उच्च त्रैमासिक आम्दानी
New Office

काठमाण्डौ । विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाले चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा ७३ प्रतिशतले राजस्व वृद्धि गर्दै ६८.१ अर्ब अमेरिकी डलर आम्दानी गरेको जनाएको छ। यो कम्पनीको इतिहासकै उच्चतम त्रैमासिक आम्दानी हो।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यो नतिजा बजार विश्लेषकहरूको अनुमानभन्दा माथि हो। एआई प्रविधिमा भइरहेका विशाल लगानीप्रति केही लगानीकर्ताहरूले शंका व्यक्त गरिरहेकै समयमा कम्पनीले उल्लेखनीय वित्तीय प्रदर्शन प्रस्तुत गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेनसेन हुवाङले कम्प्युटिङको माग तीव्र गतिमा बढिरहेको बताउँदै ग्राहकहरू भविष्यको वृद्धिलाई ध्यानमा राख्दै एआई कम्प्युट पूर्वाधारमा आक्रामक रूपमा लगानी गरिरहेको बताए। उनले एआईलाई औद्योगिक क्रान्तिको नयाँ चरणका रूपमा व्याख्या गरेका छन्।

गत आर्थिक वर्षभरिमा कम्पनीको कुल आम्दानी २१५.९ अर्ब अमेरिकी डलर पुगेको छ। आगामी महिनाहरूका लागि पनि कम्पनीले सकारात्मक व्यापारिक पूर्वानुमान सार्वजनिक गरेको छ। हाल कम्पनी करिब ४.८ ट्रिलियन अमेरिकी डलर बजार पूँजीकरणसहित विश्वकै सबैभन्दा मूल्यवान सार्वजनिक सूचीबद्ध कम्पनी बनेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.