शनिबार, श्रावण २,२०८३ 07:08:06
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 07:08:06
Bizshala
Global IME Bank Limited

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
New Office

काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।

प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतले उनको पटक–पटक पक्राउ गरिनु गैरकानुनी भएको ठहर गरेको छ।

अदालतको आदेशमा भनिएको छ ‘निवेदकलाई अदालतबाट पटक–पटक थुनामुक्त गर्ने गरी बन्दी प्रत्यक्षीकरणको आदेश जारी भए पनि पुनः सोही सार्वजनिक शान्ति विरुद्धको कसूरमा पक्राउ गरिएको कार्य निवेदकलाई थुनामा राख्ने उद्देश्यले अभिप्रेरित भएको देखिन्छ। यसर्थ, सो पक्राउ गैरकानुनी रहेको ठहर गरिन्छ। साथै, निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउने आशंका गरी गरिएको पक्राउ कार्य पनि सम्पन्न भइसकेको र निवेदकबाट आसन्न खतरा देखिएको छैन।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.