दशैंको आसपास नेपालमा विदेशी सेना भित्रिने दुर्गा प्रसाईको दाबी
काठमाण्डौ । राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईंले दसैँको आसपास नेपालमा विदेशी सेना भित्रिने दाबी गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार अन्तरक्रियामा उनले यस्तो दाबी गरेका हुन् ।यस्ता किसिमका विदेशी सेना आउने दाबी यसअघि पनि प्रसाईंले सार्वजनिक रूपमा गर्दै आएका छन् ।

