शनिबार, श्रावण २,२०८३ 11:15:14
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:15:14
Bizshala
Global IME Bank Limited

मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, उपभोग्य वस्तुको जोहो गर्न आग्रह

मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, उपभोग्य वस्तुको जोहो गर्न आग्रह
New Office

काठमाण्डौ । मेडिलक व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।  

आन्दोलनमा कुनैपनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने प्रसाईंले दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात देशमा राजसंस्था र हिन्दु राज्यको अन्त्य भएको र एनजीओ र आईएनजीओका सरकारहरू चलेको उनले आरोप लगाए ।  

विदेश गएकाहरुको फिर्ती र धर्म जोगाउने उद्देश्य स्वरुप आन्दोलन गर्न लागिएको उनले स्पष्ट पारे । उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न समेत आग्रह गरे। मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए।  

यस्तै आन्दोलनलाई अवज्ञा गर्दै पसल खोले तोडफोड भएमा, गाडी फुटाएमा वा आगो लगाएमा त्यसको जबाफदेही नहुने समेत बताए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.