आईतवार, जेष्ठ ३,२०८३ 11:18:08
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:18:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बालेन शाहका स्वकीय सचिव भूपदेव शाह प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा

Laxmi Sunrise Bank Limited
बालेन शाहका स्वकीय सचिव भूपदेव शाह प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा
Shivam Cement

अछाम निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव रहिसकेका भूपदेव शाह तेस्रो स्थानमा देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका रूपमा चुनावी मैदानमा रहेका उनले हालसम्म ३५५ मत प्राप्त गरेका छन्।

Bizshala
New Office
CG Motors

यस क्षेत्रमा नेकपा एमालेका यज्ञबहादुर बोगटी ७२६ मतसहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका पुष्पदेवबहादुर साह ४३३ मतसहित दोस्रो स्थानमा रहेका छन्। प्रारम्भिक गणनामा शाह उनीहरूभन्दा पछाडि पर्दै तेस्रो स्थानमा देखिएका हुन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयमा कार्यरत रहेर काम गरिसकेका भूपदेवलाई रास्वपाले अछाम–२ बाट उम्मेदवार बनाएको हो।

यसैबीच अछाम क्षेत्र नम्बर १ को मतगणनामा भने नेकपाका भीम रावलले अग्रता लिएका छन्। उनले २ हजार ४३४ मत प्राप्त गरेका छन्। एमालेका दीपकबहादुर साउंद २ हजार ११७ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका भरतकुमार स्वारले १ हजार ७६४ मत प्राप्त गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.