मंगलवार, जेष्ठ ५,२०८३ 04:48:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:48:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.३१.७० अर्ब प्रिमियम, शिखरको सर्वाधिक

Laxmi Sunrise Bank Limited
निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.३१.७० अर्ब प्रिमियम, शिखरको सर्वाधिक
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले करिब पौने ३२ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा  कम्पनीले चालु आवको ८ महिनासम्ममा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.११ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा सरकारी स्वामित्वको राष्ट्रिय बीम कम्पनीबाहेक सबैको व्यवसायमा उल्लेख्य वृद्धि देखिएको छ ।  

Bizshala
New Office
CG Motors

फागुन मसान्तसम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ९.२५ प्रतिशत बढी हो ।  

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड र युनाइटेड अजोडले १ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड, सानिमा जिआइसीले १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड र नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ प्रिमियम सकलन गरेका छन् ।  

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ४५.१५ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.