शनिबार, चैत्र २१,२०८२ 04:29:49
Bizshala
  • शनिबार, चैत्र २१,२०८२ 04:29:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ

Bizshala
जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ
Shivam Cement

काठमाण्डौ । शंकर ग्रुपका भाईस चेयरमेन तथा सोही ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ परेका छन् ।  

उनलाई प्रहरीले भैरहवास्थित नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । सुलभ अग्रवाल यसअघि कोभिडकालमा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए । सो बेला केही दिन हिरासत बसी उनी छुटेका थिए । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

युवा व्यवसायी दीपक भट्टलाई पक्राउ गरेपछि उनीसँग व्यवसायिक साझेदार रहेकाहरुलाई सम्पत्ति शुद्धिकरण विभागको अनुरोधमा प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यसअघि शुक्रबार सुलभका पिता तथा शंकर ग्रुपको अध्यक्ष शंकरलाल अग्रवाललाई नियन्त्रणमा लिइएको थियो ।  

भट्टको कारोबार केलाउने क्रममा जोडिएका व्यवसायिक साझेदारहरुमाथि धरपकड गर्ने क्रम प्रहरीले तीव्र बनाएको छ । अन्य व्यवसायिक साझेदारहरु समेत पक्राउ पर्नसक्ने स्रोतको भनाई छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हालसम्म पक्राउ परेका भट्ट र अग्रवाल बाबुछोराविरुद्ध सम्पत्ति शुद्धिकरणको आशंकामा अनुसन्धान भइरहेको छ । थप अनुसन्धान गरी उनीहरुविरुद्ध आरोपपत्र दयार गरी अदालतमा मुद्दा हाल्ने विभागको तयारी छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.