बिहीबार, असार ११,२०८३ 02:06:03
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:06:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनिक फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
युनिक फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । युनिक फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।  

चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी वैशाख २२ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभा विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभाबाट कम्पनीको जारी पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्ने तथा सो सम्बन्धमा सम्झौता गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगबारे निर्णय गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.