काठमाण्डौ । सामसुङ Samsung नेपालले Galaxy A57 5G र Galaxy A37 5G सार्वजनिक गरेको घोषणा गरेको छ, जसले Galaxy A series लाई थप विस्तार गर्दै उन्नत क्यामेरा प्रदर्शन, स्मार्ट फिचरहरू र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्य राखेको छ।
सामसुङले पहिलेको १२ महिनाको EMI योजनालाई अपग्रेड गर्दै २४ महिनासम्मको EMI सुविधा उपलब्ध गराएको छ, जसले प्रिमियम प्रविधिलाई अझ सजिलो र पहुँचयोग्य बनाएको छ। यो सुविधा Samsung Insta Finance सेवा अन्तर्गत Hulas Fin Serve Hire Purchase Ltd. मार्फत उपलब्ध छ। प्रक्रिया झन्झटररहित छ र केवल नागरिकता भए पुग्छ।
नयाँ Galaxy A series मा Samsung को नवीनतम प्रविधि समावेश गरिएको छ, जसमा Enhanced Awesome Intelligence रहेको छ, जसले स्मार्ट अन्तरक्रिया, Productivity र Content सिर्जनालाई सजिलो बनाउँछ। क्यामेरा, प्रदर्शन, डिस्प्ले र सुरक्षा क्षेत्रमा सुधारसहित Galaxy A57 5G र Galaxy A37 5G दैनिक प्रयोगका लागि भरपर्दो प्रदर्शन दिन सक्षम छन्।
Awesome Intelligence सँग स्मार्ट अनुभव
Voice Transcription फिचरले रेकर्डिङ, कल र भ्वाइस मेललाई टेक्स्टमा रूपान्तरण गर्न मद्दत गर्छ।
AI Select ले स्क्रिनमा रहेका सामग्रीलाई छिटो चयन गर्ने, निकाल्ने र एपहरूबीच सजिलै सार्ने सुविधा दिन्छ।
Object Eraser, Filters र Edit Suggestions जस्ता क्रिएटिभ टुलहरूले फोटो एडिटिङ सजिलो बनाउँछन्।
Galaxy A57 5G मा Best Face र Auto Trim जस्ता थप फिचरहरू पनि समावेश छन्।
स्पष्ट फोटो र भिडियोका लागि उन्नत क्यामेरा
दुवै डिभाइसमा 50MP मुख्य क्यामेरा सहितको ट्रिपल क्यामेरा सेटअप छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा स्पष्ट र डिटेल फोटो खिच्न मद्दत गर्छ।
Enhanced ISP र Nightographyका कारण कम प्रकाशमा पनि उज्यालो र Natural फोटो तथा भिडियो लिन सकिन्छ।
AI आधारित subject recognition ले राम्रो पोर्ट्रेट, प्राकृतिक स्किन टोन र राम्रो ब्याकग्राउन्ड सेपरेसन सुनिश्चित गर्छ।
शक्तिशाली प्रदर्शनसहित आकर्षक डिजाइन
अपग्रेड गरिएको CPU, GPU र NPU ले स्मूथ मल्टिटास्किङ, स्ट्रिमिङ र कन्टेन्ट क्रिएसनलाई सहयोग गर्छ।
5,000mAh ब्याट्रीले २ दिनसम्म प्रयोग गर्न सकिन्छ, र Galaxy A57 5G मा Super Fast Charging 2.0 पनि उपलब्ध छ।
ठूलो vapor chamber का कारण Galaxy A57 5G लामो समयसम्म स्थिर प्रदर्शन दिन सक्षम छ।
Vision Booster सहितको डिस्प्लेले भित्र र बाहिर दुवै अवस्थामा स्पष्ट दृश्य दिन्छ।
टिकाउ, सुरक्षित र लामो समयसम्म प्रयोगयोग्य
दुवै डिभाइस IP68 rating सहित पानी र धुलो प्रतिरोधी छन्।
Samsung ले ६ पुस्तासम्म OS अपडेट र ६ वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराउँदै दीर्घकालीन भरोसा प्रदान गरेको छ।
उपलब्धता
| मोडल | RAM/स्टोरेज | रंग | प्राइस/यूनिट | २४महिनासम्मकोEMI |
| A57 5G | 12GB/256GB | Awesome Navy, Awesome Gray, Awesome Lilac | NPR. ८९,९९९ | २४४२ |
| A57 5G | 8GB/256GB | NPR. ८४,९९९ | २३०६ | |
| A37 5G | 12GB/256GB | Awesome Graygreen, Awesome Lavender, Awesome Charcoal | NPR. ७९,९९९ | २१७१ |
| A37 5G | 8GB/256GB | NPR. ७२,९९९ | १९८१ | |
| A37 5G | 8GB/128GB | NPR. ६४,९९९ | १७६४ |
यी दुवै डिभाइसहरू Samsung का आधिकारिक रिटेल स्टोरहरू तथा नेपालभरका अधिकृत साझेदारहरू मार्फत उपलब्ध हुनेछन्।

