मंगलवार, जेष्ठ ५,२०८३ 07:40:02
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:40:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतसँग जिटुजीमार्फत मल खरिद हुँदै

Laxmi Sunrise Bank Limited
भारतसँग जिटुजीमार्फत मल खरिद हुँदै
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको आपूर्ति अस्थिर बन्दै गएको अवस्थामा सरकारले छिमेकी मुलुक भारतसँग सरकार–सरकार (जिटुजी) प्रणालीमार्फत मल खरिद प्रक्रिया अघि बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आपूर्ति सुरक्षालाई प्राथमिकता दिँदै एक लाख ५० हजार मेट्रिक टन मल आयात गर्ने पहल गरेको जनाएको छ।

Bizshala
New Office
CG Motors

मन्त्रालयका अनुसार प्रस्तावित खरिदमा एक लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन अन्य रासायनिक मल समावेश छन्। परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग गरिएको औपचारिक पत्राचारमा सकारात्मक संकेत प्राप्त भएको बताइएको छ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण मल उत्पादन तथा ढुवानी प्रणाली प्रभावित हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र आपूर्ति अवरोध देखिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

हाल मन्त्रालयसँग करिब एक लाख ७० हजार मेट्रिक टन मल मौज्दात रहेको छ, जसले असारसम्मको माग धान्न सक्ने अनुमान गरिएको छ। तर युद्ध लम्बिएमा आपूर्ति शृंखला थप प्रभावित हुने जोखिम औंल्याइएको छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि मल खरिदमा २० अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरिसकेको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.