मंगलवार, जेष्ठ ५,२०८३ 03:01:14
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:01:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालय एअरलाइन्सले दियो ‘स्टेप टुवार्डस् एजुकेशन’अभियानलाई निरन्तरता

Laxmi Sunrise Bank Limited
हिमालय एअरलाइन्सले दियो ‘स्टेप टुवार्डस् एजुकेशन’अभियानलाई निरन्तरता
Shivam Cement

काठमाण्डौ । हिमालय एअरलाइन्सले ‘स्टेप टुवार्डस् एजुकेशन’अभियानअन्तर्गत प्रयास नेपाललाई गरिरहेको सहयोगलाई जारी राखेको छ । सन् २०१७ देखिको यो पहल कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व प्रयासहरूको मुख्य कोसेढुङ्गा रहेको कम्पनीले जनाएको छ । जसको उदेश्य विपन्न तथा अनाथ बालबालिकाहरूलाई शिक्षाको माध्यमबाट सशक्तीकरण गर्ने हो ।

यस वर्ष शैक्षिक सत्रको प्रारम्भमै अप्रिल १०, २०२४ मा एअरलाइन्सले आफ्नो वार्षिक गतिविधि सञ्चालन गरेको कम्पनीले जनाएको छ । उक्त अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका बालबालिकाहरूलाई विभिन्न कक्षाका लागि पाठ्यपुस्तक, नोटबुक, स्कुल झोला र स्कुल जुत्तालगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन् । 

Bizshala
New Office
CG Motors

वार्षिक सहायताका अतिरिक्त, बालबालिकाको ज्ञान अभिवृद्धि गर्न र उड्डयन इतिहासको संक्षिप्त जानकारी गराउन कम्पनीले काठमाण्डौको सिनामंगलस्थित उड्डयन संग्रहालयको स्थलगत भ्रमणको आयोजना गरेको थियो । सो अवसरमा ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले भनिन्,‘हिमालय एअरलाइन्स्मा हामी भविष्यका नेतृत्वकर्ताहरू निर्माण गर्न तथा बालबालिकाहरूको सिक्ने जोशलाई बढावा दिन, प्रयोगात्मक शिक्षाको परिवर्तनकारी शक्तिमा विश्वास गर्छौँ । हामी विपन्न बालबालिकाका लागि अवसरहरू सिर्जना गर्न प्रतिबद्ध छौँ ।’  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.