काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब १ खर्ब रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।
यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.३१ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म आइपुग्दा सबै बीमकको व्यवसाय उल्लेख्य बढेको छ । सर्वाधिक व्यवसाय भित्र्याउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्म ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ११.६४ प्रतिशत बढी हो ।

त्यस्तै, नेशनल लाइफले १७ अर्ब ७ करोड, एलआइसी नेपालले १५ अर्ब १७ करोड, हिमालयन लाइफले १३ अर्ब २६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड, एशियन लाइफले ७ अर्ब २४ करोड, सिटिजन लाइफले ६ अर्ब ६ करोड, सानिमा रिलायन्स लाइफले ५ र्ब ४२ करोड, आइएमई लाइफले ४ अर्ब ९्र५ करोड, मेट लाइफले ४ अर्ब ९० करोड, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड र सन नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।
गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्ने कम्पनीमा भने आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको व्यवसाय गत आवको तुलनामा ३१.२३ प्रतिशतले बढेको छ ।

