मंगलवार, जेष्ठ ५,२०८३ 07:28:17
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:28:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु

Laxmi Sunrise Bank Limited
६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु
Shivam Cement

काठमाण्डौ । धवलागिरि गाउँपालिका–४ बगर क्षेत्रमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ। हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग, विद्युत्गृह, सुरुङ तथा प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको जनाएको छ।

बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म करिब १० किलोमिटर पहुँचमार्ग विस्तार गरिएको छ। बगर–तातोपानी खण्डमा सडक निर्माण नसकिएकाले म्याग्दी नदी किनारैबाट वैकल्पिक डाइभर्सन सडकमार्फत पहुँच सुनिश्चित गरिएको छ। साथै, आयोजनाले बगरमा कार्यालय स्थापना गरिसकेको छ।

Bizshala
New Office
CG Motors

विद्युत्गृहबाट निस्कने पानी व्यवस्थापनका लागि १,१३० मिटर लामो टेलरेस सुरुङ निर्माण कार्य सुरु गरिएको छ। सिभिल ठेकेदार भूगोल इन्फ्रास्ट्रक्चरले विद्युत्गृह, बाँध तथा मुख्य सुरुङ निर्माणको तयारी गरिरहेको आयोजनाले जनाएको छ।

म्याग्दी र कुनाबाङ खोलाको दोभानमा बन्ने बाँधबाट सङ्कलित पानी ७५ मिटर लामो र ११.९ मिटर अग्लो डिसेन्डरमार्फत प्रशोधन गरिनेछ। त्यसपछि ७१० मिटर पाइपलाइन हुँदै ३,६०० मिटर लामो सुरुङमा पठाइनेछ। पुनः ७५० मिटर पाइपलाइनमार्फत ६०७ मिटर उचाइबाट भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने योजना रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

रन अफ रिभर प्रकृतिको यस आयोजनामा २०९ मिटर ठाडो सुरुङ, २३० मिटर प्रेसर टनेल, ५८७ मिटर इनक्लाइन्ट टनेल र ७५७ मिटर पेनस्टक पाइप जस्ता संरचना निर्माण गरिनेछन्। विद्युत्गृहमा तीनवटा टर्बाइन जडान गरिनेछ।

आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ११७.८२ गिगावाट र बर्खायाममा २६४.४५ गिगावाट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.