आईतवार, जेष्ठ ३,२०८३ 04:43:58
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:43:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

Laxmi Sunrise Bank Limited
सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड
Shivam Cement

काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६’ तथा ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ प्रदान गरेका हुन्।

छोटो अवधिमै प्राप्त भएको यो उपलब्धिलाई नेपालको आतिथ्य क्षेत्रमा महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। होटेलले विश्वस्तरीय सेवा, आधुनिक सुविधा, आकर्षक कार्यक्रम स्थल तथा उत्कृष्ट व्यवस्थापनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाउन सफल भएको जनाएको छ।

Bizshala
New Office
CG Motors

विशेषगरी ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’ अवार्डले होटेलको अत्याधुनिक ब्यांक्वेट सुविधा, विवाह तथा विशेष कार्यक्रम व्यवस्थापनमा देखाएको उत्कृष्टता र सेवाको गुणस्तरलाई सम्मान गरेको होटलको भनाई छ। त्यसैगरी ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ मार्फत होटेलको नेतृत्व क्षमता र व्यवस्थापन दक्षताको उच्च मूल्यांकन गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

यस अवसरमा हायात प्लेस बुटवलका महाप्रबन्धक एवं उत्कृष्ट जीएमको सम्मान प्राप्तकर्ता तुसार नागरले छोटो समयमै प्राप्त भएको अन्तर्राष्ट्रिय मान्यताले सम्पूर्ण टोलीलाई थप जिम्मेवार र उत्साहित बनाएको बताए। 

उनले अतिथि सेवामा उत्कृष्टता कायम राख्दै बुटवललाई अन्तर्राष्ट्रिय आतिथ्य गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.