शनिबार, जेष्ठ २,२०८३ 05:33:24
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:33:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वस्तु निर्यात १८.५% ले बढ्यो, आयात कति ?

Laxmi Sunrise Bank Limited
वस्तु निर्यात १८.५% ले बढ्यो, आयात कति ?
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ६५.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २२.६ प्रतिशत र ५.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४६.८ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

Bizshala
New Office
CG Motors

आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु आयात १३.८ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.८ प्रतिशत, २१.३ प्रतिशत र २४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा रासायनिक मल, भटमासको कच्चा तेल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल,लसुन, दाल, एम.एस.विलेटलगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल वस्तु व्यापार घाटा १३.० प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ६७ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.४ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.४ प्रतिशत रहेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

मीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१४० अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१३५ अर्ब ५५ करोड बराबरको भएको थियो 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.