सोमबार, जेष्ठ ४,२०८३ 07:47:39
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:47:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

के सेन्ट्रल लकिङ सिस्टम कार दुर्घटनाका बेला मृत्युको कारण बन्दै छ ? काम लाग्न सक्छ यस्ता उपाय

Laxmi Sunrise Bank Limited
के सेन्ट्रल लकिङ सिस्टम कार दुर्घटनाका बेला मृत्युको कारण बन्दै छ ? काम लाग्न सक्छ यस्ता उपाय
Shivam Cement

काठमाण्डौ । दुर्घटनाका बेला यात्रुहरुको ज्यान बचाउने उद्देश्यले आधुनिक कारहरुमा नयाँ–नयाँ सेफ्टी फिचर्सहरु अपडेट भईरहेका छन् । पहिले प्रिमियम हुने यस्ता फिचर्सहरु आजभोलि भने इन्ट्री–लेभल कारहरुमा समेत उपलब्ध भईरहेको छ । त्यहिमध्ये एउटा फिचर्स हो,सेन्ट्रल लकिङ सिस्टम ।  

यो फिचर्स आजभोली सडक दुर्घटनाबा बेला कारको ढोका नखुलेर मृत्युको कारण बन्दै गईरहेको छ । सुरक्षाका लागि प्रदान गरिएको यो फिचर्सका बारेमा आम मानिसहरुमा थुप्रै प्रकारका प्रश्नहरु उब्जिरहेका छन् ।  

हालैमात्रै भारतको राजस्थानमा एउटा सडक दुर्घटनाका क्रममा आगो लागेर एकै परिवारका ७ जना सदस्यको मृत्यु भएको थियो । यो दुर्घटनाका बेला कारको ढोका लक भएको र यसकारण कारभित्रका यात्रुहरु बाहिर आउन नसकेकाले उनीहरुको मृत्यु भएको भारतीय मिडियाले बताएका छन् । कारमा आगो लागेपछि यात्रुहरुले बाहिर आउन प्रयास गरेको तर कारमा भएको सेन्ट्रल लकिङ सिस्टमका कारण ढोका नखुलेका कारण उनीहरुले प्राण गुमाउनु परेको उल्लेख गरिएको छ ।  

यस्ता घटना विश्वका अन्य देशहरुमा घटेका छन् ।  

Bizshala
New Office
CG Motors

के हो सेन्ट्रल लकिङ सिस्टम ?

सुरुवाती चरणमा यो फिचर्स प्रिमियम कारहरुमा मात्रै प्रदान गरिन्थ्यो । तर आजभोलि भने यो फिचर्स लगभग सबेजसो कारहरुमा प्रदान गरिन्छ । यो प्रविधिले कारको सबै ढोकाहरुलाई एकसाथ लक र अनलक गर्ने सुविधा प्रदान गर्छ । यसलाई चालक पट्टीको भागमा प्रदान गरिने एउटा लक बटनका साथै रिमोटबाट पनि अपरेट गर्न सकिन्छ ।  

यो सिस्टमबाट सुसज्जित कारको सबै ढोकाहरुलाई भिन्दाभिन्दै रुपमा लक÷अनलक गर्न आवश्यक पर्दैन । आधुनिक कारहरुमा रिमोट कि पनि प्रदान गरिदै छ । जसले एउटा निश्चित दूरीबाटै कारका सबै ढोकाहरुलाई लक तथा अनलक गर्न सक्छ ।  

यो सिस्टमले कसरी काम गर्छ ?

सेन्ट्रल लकिङ सिस्टमले ‘की कोड्स’ तथा रेडियो वेभ्सबाट काम गर्छ । सरल तरिकाले भन्दापर्दा,कारको चाबी(रिमोट की)ले एउटा ट्रान्समिटरको काम गर्छ र कारले रिसिभरको काम गर्छ । जब कारको रिमोटबाट कारको ढोका लक÷अनलक गर्ने निर्देशन प्राप्त हुन्छ, तब यो सिस्टमले निर्देशन अनुरुप काम गर्छ । यो काड्स ड्राइभर सिटमा दिइने लक बटनबाट सञ्चालनका लागि पनि लागू हुन्छ ।  

यसका साथै यदि कारको चाबीबाट लक गरियो भने,इम्मोबिलाइजर बन्द हुन्छ । इम्मोबिलाइजर इन्जिनमा दिइने एक प्रकारको सेफ्टी डिभाइस हो । जसले ट्रान्समिटर वा चाबीको निर्देशनमा इन्जिनलाई बन्द गरेर कारलाई चोरी  हुनबाट बचाउँछ । नयाँ कारमा यो सिस्टम कम्पनी फिटेट आउँछ भने पुराना कारहरुमा यसलाई आफ्टर मार्केट पनि लगाउन सकिन्छ ।  

यो फिचर्सको कस्तो छ फाइदा ?

सेन्ट्रल लकिङ सिस्टमको एकमात्रै र सबैभन्दा ठूलो फाइदा के हो भने,यसले सजिलै कारका सबै ढोका लक÷अनलक गर्न सकिन्छ । यदि कारमा बालबालिकासँग यात्रा गरिरहनु भएको छ भने र यदि बालबालिका पछाडीको सिटमा बसिरहेका छन् भने तपाईले ड्राइभर सिटमा बसेर नै ढोकाहरु लक गर्न सक्नुहुन्छ ।  

यो सिस्टमले कारको चोरी हुनबाट समेत बचाउँछ । कारको ढोकामा छेडखानी भयो भने यो सिस्टममा लगाइएको अलार्म बज्न थाल्छ । यसलार्इ  केवल कारको चाबीबाट मात्रै बन्द गर्न सकिन्छ ।  

किन घातक बन्दै छ सेन्ट्रल लकिङ सिस्टम ?

कार दुर्घटनामा परेका बेला यदि सेन्ट्रल लकिङ सिस्टम पहिले नै अन छ भने कारको ढोकाहरु लक हुन्छन् । कारको ढोकाहरु कोड्सको माध्यमबाट निर्देशन दिएपछि मात्रै खुल्ने गर्छ । यसका साथै कारमा हुने टक्करका कारण कारको ढोकाहरु वा फ्रेमपनि नराम्ररी क्षतिग्रस्त हुन्छ । जसले गर्दा ढोकाहरु जाम हुन्छन् । यस्तो अवस्थामा कार भित्रका यात्रुहरु बाहिर आउन सक्दैनन् ।  

यस्तो अवस्थामा के गर्ने ?

दुर्घटनाका बेला कारको ढोकाहरु लक हुँदा एकमात्रै लक्ष्य भनेको जसरी पनि कारबाट बाहिर निस्कनु हो । किनकी कारमा इन्धन(पेट्रोल÷डिजेल वा सीएनजी)का साथै ब्याट्री जस्ता प्रज्वलनशील पदार्थहरु हुन्छन् । यस्तो अवस्थामा केहि औजारहरु सहयोगसिद्ध हुन सक्छ । यसका लागि कारम यी टुल्सहरु अवश्य राख्ने गर्नुस् ः

हथौडा  

कारमा सधै एउटा सानो हथौडा राख्ने गुर्नस् । यसको सहयोगले कारको सिसा वा विन्डोशिल्ड तोडेर कारबाट बाहिर आउन सकिन्छ ।  

सिट बेल्ट कटर  

दुर्घटनाका बेला सिट बेल्ट जाम हुन सक्छ । यस्तोमा सिट बेल्ट कटर उपयोगी बन्न सक्छ । यसले सजिलै सिट बेल्ट काटेर बाहिर आउन सकिन्छ ।  

सर्भाइवल विसल

कारमा सर्भाइवल विसल अनिवार्य रुपमा राख्नुपर्छ । यदि कार रोड तल कुनै खस्यो भने सर्भाइवल विसल बजाएर सहयोगका लागि बोलाउन सकिन्छ ।  

फायर इस्टिङग्युसर

कारमा आफ्नो सिट तल वा फ्रन्ट पिलरमा एउटा फायर इस्टिङग्युसर राख्न पनि आवश्यक पर्छ । दुर्घटनाका बेला कारमा आगलागी भयो भने यो उपकरण काम आउँन सक्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.