मंगलवार, जेष्ठ ५,२०८३ 10:54:34
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 10:54:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एलएस होराइजन १२ लाई धक्का, बजारमै सस्ता विकल्प हुँदा बिक्री प्रभावित

Laxmi Sunrise Bank Limited
एलएस होराइजन १२ लाई धक्का, बजारमै सस्ता विकल्प हुँदा बिक्री प्रभावित
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बिक्री खुला गरेको नयाँ बन्दमुखी म्युचुअल फण्ड योजना ‘एलएस होराइजन १२’ पहिलो चरणमै पर्याप्त आवेदन नपरेपछि बिक्री अवधि थप्न बाध्य भएको छ ।

Bizshala
New Office
CG Motors

क्यापिटलले वैशाख ३० गतेदेखि प्रतिइकाई रु. १० दरमा १२ करोड इकाई सार्वजनिक निष्कासनमा ल्याएको थियो । तर, तोकिएको प्रारम्भिक अवधिमा पर्याप्त आवेदन नपरेपछि अब जेठ १३ गतेसम्म बिक्री खुला राख्ने निर्णय गरिएको सूचनामार्फत जनाएको छ।

यो घटनालाई बजारमा म्युचुअल फण्डप्रति घट्दो आकर्षण र विशेषगरी एलएस क्यापिटलप्रति लगानीकर्ताको कमजोर विश्वासको संकेतका रूपमा हेरिएको छ ।

पछिल्लो समय दोश्रो बजारमा कारोबार भइरहेका अधिकांश बन्दमुखी म्युचुअल फण्डहरू प्रतिइकाई नेट एसेट भ्यालुभन्दा निकै तल र रु. १० भन्दा कम मूल्यमा सहजै उपलब्ध भइरहेका छन् । एलएस क्यापिटलले व्यवस्थापन गरेका पुराना योजनाका इकाईहरू समेत दोश्रो बजारमै डिस्काउन्ट मूल्यमा पाइरहेका बेला लगानीकर्ताले नयाँ फण्डमा किन रु. १० तिर्ने ? भन्ने प्रश्न उठ्न थालेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

बजारमा अहिले धेरै म्युचुअल फण्डका इकाई रु. ८ देखि रु. ९ को हाराहारीमा कारोबार भइरहेका छन् । कतिपय योजनाले अपेक्षित प्रतिफल दिन नसकेको, वितरणयोग्य नाफा कमजोर रहेको र पूँजीबजारमै सुस्तता देखिएकाले लगानीकर्ताहरू प्राथमिक निष्कासनभन्दा दोश्रो बजारबाटै सस्ता इकाई उठाउन आकर्षित भएका छन् ।

यही कारण नयाँ योजनाको बिक्री प्रभावित भएको विश्लेषण गरिएको छ ।

विशेषगरी एलएस क्यापिटलकै केही पुराना योजनाको बजार मूल्य लामो समयदेखि अंकित मूल्यभन्दा तल रहँदा नयाँ योजना ल्याउने रणनीतिमाथि समेत प्रश्न उठ्न थालेको छ । “बजारमै सस्तोमा पुराना फण्ड पाइरहेका छन्, नयाँमा पैसा किन हाल्ने ?” भन्ने मानसिकता लगानीकर्तामा बलियो देखिएको एक ब्रोकर कम्पनीका अधिकारीले बताए ।

एलएस होराइजन १२ अन्तर्गत १२ करोड इकाईमध्ये १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंकलाई सुरक्षित गरिएको छ भने बाँकी ११ करोड ८८ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको यो योजना ७ वर्ष अवधिको बन्दमुखी योजना हो ।

पछिल्लो समय बजारमा नयाँ म्युचुअल फण्ड योजनाहरू लगातार आइरहे पनि लगानीकर्ताको आकर्षण भने कमजोर बन्दै गएको देखिन्छ । पूँजीबजारमा अपेक्षित सुधार नआएको, सूचीकृत कम्पनीहरूको लाभांश क्षमता कमजोर भएको तथा अधिकांश फण्डहरू अंकित मूल्यभन्दा तल कारोबार भइरहेकाले नयाँ योजनाको बिक्री चुनौतीपूर्ण बन्न थालेको जानकारहरू बताउँछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.