काठमाण्डौ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले दुर्गा प्रसाईद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारसँग उनलाई पक्राउ गर्नुको कानूनी आधार र लिखित कारण पेश गर्न आदेश दिएको हो।
साथै, इजलासले महान्यायाधिवक्ताको कार्यालयलाई प्रसाईविरुद्ध भइरहेको अनुसन्धानसम्बन्धी सम्पूर्ण फाइल अदालतमा पेस गर्न निर्देशन समेत दिएको छ।
प्रसाईलाई सोमबार वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको थियो।

