काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक बरदान गिरीले राजीनामा दिएका छन् । गिरीले वैशाख ३० गतेदेखि लागू हुनगरी सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
उनको उक्त राजीनामा जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ ।

