सोमबार, असार २,२०८२ 07:23:05
  • सोमबार, असार २,२०८२ 07:23:05
Global IME Bank Limited

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरक नियुक्त

Hyundai Nepal
जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरक नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स् जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।  

यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाचअन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन्, भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७०र एक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसबारे बोल्दै जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले भने, ‘भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।’

त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले भने‘जगदम्बा मोबाइल्ससँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको छ ।’  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.