मंगलवार, जेष्ठ ५,२०८३ 05:22:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:22:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरक नियुक्त

Laxmi Sunrise Bank Limited
जगदम्बा मोबाइल्स बोल्टका लागि नेपालको आधिकारिक वितरक नियुक्त
Shivam Cement

काठमाण्डौ । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिले भारतीय वेरेबल ब्राण्ड बोल्टसँग विशेष सहकार्य गरेको छ । योेसँगै जगदम्बा मोबाइल्स अब नेपालको लागि बोल्टको आधिकारिक वितरक भएको छ । यो सहकार्यले नेपालमा स्मार्टवाच र इयरबड्स् जस्ता वेरेबल उत्पादनहरुको बजारलाई नयाँँ आयाम दिने विश्वास कम्पनीले लिएको छ ।  

यो सहकार्यसँगै अब नेपाली उपभोक्ताहरूको विभिन्न आवश्यकता र प्राथमिकता अनुसारका स्मार्टवाच र टिडब्लुएस् (ट्रू वायरलेस स्टेरियो) इयरबडहरु बजारमा उपलब्ध रहेका छन् । बोल्टका स्मार्टवाचअन्तर्गत रिपल, क्राउन आर प्रो, ड्रिफ्ट टु, क्राउन र डाइभ एक्स मोडलहरु उपलब्ध रहेका छन्, भने टिडब्लुएस् इयरबड्स् अन्तर्गत म्याभरिक, एक्स १० प्रो, के ४५, के ३५, के ६०, एक्स ७०र एक्स ४५ मोडलहरु उपलब्ध रहेका छन् ।

Bizshala
New Office
CG Motors

यसबारे बोल्दै जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जाटियाले भने, ‘भारतको अग्रणी वेरेबल ब्राण्ड बोल्टसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो सहकार्यले हाम्रा ग्राहकहरूलाई नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।’

त्यस्तै बोल्टका सह–संस्थापक वरुण गुप्ताले भने‘जगदम्बा मोबाइल्ससँग विशेष सहकार्य गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । यो सहकार्यले नेपाली युवाहरुलाई अत्याधुनिक वेरेबल प्रविधिहरू प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालार्ई प्रतिविम्बित गरेको छ ।’  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.