शुक्रबार, श्रावण १,२०८३ 04:36:20
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 04:36:20
Bizshala
Global IME Bank Limited

अन्तिम रातसम्म बजेट म्याराथनः अर्थमन्त्री वाग्ले रातभर मन्त्रालयमै

अन्तिम रातसम्म बजेट म्याराथनः अर्थमन्त्री वाग्ले रातभर मन्त्रालयमै
New Office

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्नुअघि सरकार अन्तिम तयारीमा व्यस्त देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज  संसद्को संयुक्त बैठकमा अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दैछन् । वाग्लेको नेतृत्वमा तयार भइरहेको बजेटलाई अन्तिम रूप दिन उनी दिनरात खटिरहेका छन् र

यस क्रममा उनी बजेटको अघिल्लो रात अर्थात बिहिबार अर्थ मन्त्रालयमा राति अबेरसम्म बसेको स्रोतले जनाएको छ । अर्थमन्त्री वाग्ले शुक्रबार बिहान करिब ३ बजेपछि मात्रै मन्त्रालयबाट बाहिरिएको जनाइएको छ। बजेटका संवेदनशील विषय—विशेषगरी करका दर, सरकारी कर्मचारीको तलब, राजस्व लक्ष्य तथा खर्च प्राथमिकतामा राति अबेरसम्म निर्णय भएको बताइएको छ।

अन्य उच्च अधिकारीहरू पनि बिहानसम्म मन्त्रालयमै सक्रिय रहेका थिए। बजेट तथा राजस्व व्यवस्थापन महाशाखाका कर्मचारीहरू पनि अबेर रातिसम्म खटिएको जनाइएको छ । अहिले करका दर अद्यावधिक गर्ने तथा बजेट दस्तावेजलाई अन्तिम रूप दिने कार्य जारी रहेको छ ।

केही समय विश्रामका लागि निवास पुगेका अर्थमन्त्री वाग्ले पुनः मन्त्रालय फर्किएपछि बजेट भाषण प्रेसमा पठाइने तयारी छ। सरकारले आज मन्त्रिपरिषद् बैठकमार्फत बजेटका मुख्य बुँदा अनुमोदन गर्नेछ। त्यसपछि अर्थमन्त्रीले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसपटक निकै कडाईका साथ बजेट लेखन गरिएको छ । गत चैत महिनाको अन्तिम सातादेखि बजेट लेखन शुरु भएसँगै अर्थ मन्त्रालय प्रवेशमा कडा निगरानी गएिको थियो । मन्त्रालय प्रवेशका लागि सरकारी कर्मचारीले समेत अनुमति माग्नु पर्ने अवस्था छ ।

बजेट टोलिका लागि मन्त्रालयमा एउटा विशेष कोठाको व्यवस्था गरिएको छ । बजेट लेखनमा खटिएका कर्मचारीहरूको बिहानदेखि रातिको खाना र खाजासमेत मन्त्रालयमै पाक्ने गरेको छ ।

यो बजेट राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको पहिलो पूर्ण बजेट भएकाले राजनीतिक तथा आर्थिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ। आर्थिक सुधार, निजी क्षेत्रको विश्वास पुनःस्थापना, राजस्व विस्तार तथा सुस्त अर्थतन्त्र चलायमान बनाउने विषय यस बजेटका मुख्य परीक्षा हुने विश्लेषण गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.