सरकारले सेयर बजारमा सम्पत्ती सुद्धिकरणको छानबिन गर्दैन, नेपालको सेयर बजार पारदर्शी छः अर्थमन्त्री वाग्ले
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको छलफलका क्रममा वर्तमान आर्थिक, नीतिगत र समसामयिक विषयमा सरकारको धारणा स्पष्ट पार्दै इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पार्ने बताएका हुन्।यद्यपी, सेयर बजारमा सम्पत्ती सुद्धिकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको...

