शनिबार, जेष्ठ १६,२०८३ 02:19:36
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 02:19:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पश्चिमी प्रणाली सक्रिय, शनिबार पनि वर्षा र हिमपातको सम्भावना

Laxmi Sunrise Bank Limited
पश्चिमी प्रणाली सक्रिय, शनिबार पनि वर्षा र हिमपातको सम्भावना
Shivam Cement

काठमाण्डौं । नेपालमा अहिले उपल्लो वायुमण्डलीय पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल आसपास फैलिएको न्यूनचापीय रेखाको संयुक्त प्रभाव कायम रहेको छ ।  

यस मौसमी अवस्थाका कारण देशका विभिन्न भागमा बदली, वर्षा र हावाहुरीको प्रभाव देखिएको छ ।

Bizshala
New Office
CG Motors

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम पूर्णतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

तराईका अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ ।  

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साथै मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।  

मौसमविद्का अनुसार देशका केही तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भू-भागमा सामान्य बदली कायम रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।  

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.