बुधबार, असार १०,२०८३ 09:53:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:53:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालयलाई सहयोग सामग्री प्रदान

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकद्वारा विभिन्न विद्यालयलाई सहयोग सामग्री प्रदान

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

जेठ २१ गते एक कार्यक्रमका बीच केन्द्रीय संचालन विभाग प्रमुख प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले हाम्रो साझा घरकी अध्यक्ष विष्णु दिदी कार्कीलाई बेडहरु हस्तान्तरण गरेका हुन् । उक्त संस्थामा हाल ४४ भन्दा धेरै असहाय, अशक्त तथा वृद्ध व्यक्तिहरुलाई खानबस्ने व्यवस्था सहित सहारा प्रदान गर्दै आइरहेको छ  ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी, जेठ २२ गते सम्पन्न अर्को एक कार्यक्रमका बीच वीरगन्जका सर्कल हेड श्री गोपाल प्रसाद सुवेदीले सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक श्री उमेश कुमार स्वर्णकारलाई ल्यापटप तथा प्रोजेक्टर प्रदान गरे ।

साथै, सोही दिन सम्पन्न अर्को एक कार्यक्रममा केन्द्रीय संचालन विभाग प्रमुख श्री प्रकाश श्रेष्ठ र बिर्तामोड सर्कल हेड डेन राज सुब्बाले अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक विशाल भट्टराईलाई स्मार्टबोर्ड र ल्यापटप प्रदान गर्नुभयो । श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा २६३ भन्दा धेरै विद्यार्थीहरु र अरनिको माध्यमिक विद्यालयमा ३५० भन्दा धेरै विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

असहाय, अशक्त तथा पाका उमेरका व्यक्तिहरुलाई सहारा प्रदान गरिरहेको साझा घरलाई उपलब्ध गराइएको सहयोगबाट उक्त संस्थामा आश्रित व्यक्तिहरुको दैनिक जीवन अझ सहझ तथा स्वस्थकर हुनुको साथै सरकारी/सामुदायिक विद्यालयहरुलाई उपलब्ध गराइएको शैक्षिक सामग्रीबाट डिजिटल सिकाई अभ्यासलाई सुदृढ बनाउने, विद्यालयमा विद्यार्थी सहभागिता बढाउने तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.