बुधबार, असार १०,२०८३ 11:05:33
Bizshala
  • बुधबार, असार १०,२०८३ 11:05:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

योग दिवसका अवसरमा नेपाल एसबिआई बैंकद्वारा विभिन्न कार्यक्रम आयोजना

Laxmi Sunrise Bank Limited
योग दिवसका अवसरमा नेपाल एसबिआई बैंकद्वारा विभिन्न कार्यक्रम आयोजना

काठमाण्डौ । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा २१ जुन २०२६ मा सातै प्रदेशमा योग कार्यक्रमहरुको आयोजना गरी सो दिवस मनाएको छ । बैंकका सबै प्रदेशका कर्मचारीहरूले उत्साहपूर्वक योग मार्फत स्वास्थ्य अभिवृद्घि सम्बन्धि गतिविधिहरूमा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्घि गर्नु रहेको बैंकले जनाएको छ ।

कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारी, लगायत अन्य वरिष्ठ पदाधिकारीहरू तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

New Office
CG Motors
Garima Development Bank

बैंकले यस किसिमको पहलबाट कर्मचारीहरुको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व बढाउन प्रोत्साहन गर्नुका साथै यसले सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुर्याउने बिश्वास लिएको छ ।

नेपाल एसबिआई बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.