काठमाण्डौ । कालंगा हाईड्रो लिमिटेडको आईपीओ बाँडफाँड आज हुने भएको छ । कम्पनीले गत जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो ।
उक्त आईपीओ आज बिहान ११ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा बाँडफाँड हुन कार्यक्रम तय भएको छ । कम्पनीले कुल २८ लाख ७० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको थियो ।
सिडिएससीको तथ्यांक अनुसार कम्पनीको उक्त आईपीओमा सर्वसाधारणबाट अन्तिम दिनसम्म २९ लाख १० हजार ९२६ जनाबाट आवेदन प्राप्त भएको छ । मागभन्दा बढी आवेदन प्राप्त भएका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट हुने जनाइएको छ ।

