बुधबार, असार १०,२०८३ 06:49:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:49:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईटीई २०२६ः हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरुको प्रस्तुती र प्रवर्द्धन

Laxmi Sunrise Bank Limited
आईटीई २०२६ः हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरुको प्रस्तुती र प्रवर्द्धन

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेको छ । हङकङ कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा जुन ११ देखि १४ सम्म आयोजित प्रदर्शनीमा नेपाल पर्यटन बोर्डसहित नेपालका आठ प्रमुख पर्यटन व्यवसायी कम्पनीहरूको सहभागिता रहेको थियो ।

चारदिने प्रदर्शनीका लागि स्थापना गरिएको नेपाल प्याभिलियनले हङकङ तथा अन्तर्राष्ट्रिय पर्यटन उद्योगका सरोकारवालामाझ नेपालको विविध पर्यटन गन्तव्य र उत्पादनलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चको रूपमा काम गरेको बोर्डले जनाएको छ ।

प्रदर्शनी अवधिभर नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्रकृतिमा आधारित पर्यटन, धार्मिक तथा तीर्थाटन, विलासी पर्यटन तथा आरोग्य पर्यटनका विविध सम्भावनाहरू प्रस्तुत गरेको थियो । विशेषगरी सहभागी कम्पनीहरूले प्रवर्द्धन गरेको आरोग्य पर्यटन प्याकेजले प्रदर्शनीका आगन्तुकहरूको उल्लेखनीय ध्यान आकर्षित गरेको बताइएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेपालबाट सहभागी पर्यटन व्यवसायीहरूले अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, सम्भावित साझेदार तथा उपभोक्तासँग सक्रिय व्यावसायिक भेटघाट गर्दै विभिन्न बजार लक्षित आकर्षक भ्रमण प्याकेज तथा अनुकूलित यात्रा योजनाहरू प्रस्तुत गरेका थिए । यसले नेपाली पर्यटन व्यवसायीहरूलाई नयाँ व्यापारिक अवसर सिर्जना गर्न सहयोग पुगेको बोर्डको विश्वास छ ।

प्रदर्शनीकै अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत खेमराज तिमल्सेनाले गन्तव्य प्रस्तुति गर्दै नेपालको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्पदाबारे जानकारी दिएका थिए । उनले नेपालका विश्वप्रसिद्ध गन्तव्य, हिमाली सौन्दर्य, सांस्कृतिक विविधता तथा पर्यटन पूर्वाधारका विषयमा प्रस्तुति दिएका थिए । नेपालको प्रवर्द्धनात्मक अभियानलाई थप सशक्त बनाउन हङकङस्थित नेपाली कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

परम्परागत नेपाली नृत्य तथा सांगीतिक कार्यक्रममार्फत विदेशी आगन्तुकहरूलाई नेपालको बहुआयामिक सांस्कृतिक सम्पदाको झलक प्रस्तुत गरिएको थियो । बोर्डले आगामी दिनमा पनि प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालको उपस्थिति विस्तार गर्दै नेपाललाई विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको तर्फबाट वरिष्ठ अधिकृत खेमराज तिमल्सेना र वरिष्ठ अधिकृत नारायणप्रसाद बस्याल सहभागी भएका थिए । नेपालबाट नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, पर्ल होलिडेज, द ट्रेक नेपाल, एक्स्प्लोर हिमालय ट्राभल एन्ड एडभेन्चर, ड्रागन होलिडेज, हाई पिक एडभेन्चर, सिनिक एडभेन्चर ट्रेक्स एन्ड एक्स्पिडिसन तथा हिमालय समिट क्लबले सहभागिता जनाएका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.