बुधबार, असार १०,२०८३ 06:48:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:48:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मोटरसाइकल यात्रामार्फत् नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड’२०२६ हुँदै

Laxmi Sunrise Bank Limited
मोटरसाइकल यात्रामार्फत् नेपालको पर्यटन प्रवर्द्धन गर्न ‘म्याङ्गो राइड’२०२६ हुँदै

काठमाण्डौ। मोटरसाइकल यात्राका माध्यमबाट पर्यटन, कृषि प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा जोड्दै आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ को नवौं संस्करण आगामी असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ । मोटरसाइकल पर्यटन प्रवर्द्धनमा सक्रिय संस्था द हिमालयन मोटरसाइकल एक्सपिरियन्स (टीएचएमई) ले आयोजना गर्न लागेको यस अभियानले नेपालको पर्यटन, कृषि उत्पादन र स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य राखेको द हिमालयन मोटरसाइकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपालियाले खेलकुद र साहसिक गतिविधिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । ‘खेलकुदले नेतृत्व क्षमता विकास गर्छ । हामीले यस्ता स्पोर्टिङ इभेन्टलाई पर्यटनसँग जोडेर प्रवर्द्धन गरिरहेका छौँ । नेपालको अबको भविष्य पर्यटन नै हो । काठमाडौंकेन्द्रित सोचबाट बाहिर निस्केर काम गर्नुपर्छ, किनभने राइडर पुग्न सक्ने नेपालको हरेक ठाउँ पर्यटन गन्तव्य बन्न सक्छ,’ उनले भने । उनले नेपालको राइडिङ पर्यटनलाई भारतलगायत अन्तर्राष्ट्रिय पर्यटन मार्टहरूमा प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रमका प्रमुख साझेदार रोयल इन्फिल्ड नेपालका कार्यकारी निर्देशक मेघराज पौडेलले ‘म्याङ्गो राइड’ अब एउटा बलियो पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । ‘म्याङ्गो राइड आज ब्रान्ड बनेको छ । समुदायको सक्रिय सहभागितामा भइरहेको यो अभियान साँच्चिकै प्रशंसनीय छ,’ उनले भने ।

New Office
CG Motors
Garima Development Bank

त्यसैगरी चलचित्र निर्देशकसमेत रहेका द हिमालयन मोटरसाइकल एक्सपिरियन्सका सल्लाहकार अमन प्रताप अधिकारीले म्याङ्गो राइडलाई केवल यात्रा नभई नेपालको भूगोल र संस्कृती बुझ्‍ने यात्राको  रूपमा व्याख्या गरे । ‘राइडले सबैलाई एक ठाउँमा ल्याउँछ । आज राइड एउटा संस्कृति बनेको छ । म्याङ्गो राइडको विशेषता भनेकै यात्रालाई सुन्दर बनाउने हो । त्यसैले यो यात्रामा सहभागी भएर यसको अनुभव लिन म सबैलाई आग्रह गर्छु,’ उनले भने ।

सन् २०१५ मा चार जना राइडरबाट सुरु भएको म्याङ्गो राइड अहिले नेपालका मोटरसाइकल यात्रुहरूको लोकप्रिय वार्षिक अभियानका रूपमा विकसित भएको छ । अभियानले पर्यटन प्रवर्द्धनसँगै आँप उत्पादन हुने क्षेत्रको प्रचार, आन्तरिक पर्यटन विस्तार, कृषि तथा स्थानीय उद्यमको प्रवर्द्धन र सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस वर्षको यात्राका लागि पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ र कृषीमन्त्री गीता चौधरीले पनि शुभकामना व्यक्त गरेका छन् । यस यात्रामा सहभागी राइडरहरूले आँप बगानको अवलोकन गर्ने, स्थानीय कृषकसँग अन्तरक्रिया गर्ने तथा प्राकृतिक वातावरणमा प्रत्यक्ष कृषि अनुभव हासिल गर्ने अवसर पाउने संयोजक थापाले जानकारी दिएका छन् । यसले कृषि पर्यटनको सम्भावनालाई समेत उजागर गर्ने उनको विश्‍वास छ ।

टीएचएमईले विगत एक दशकदेखि नयाँ पर्यटकीय गन्तव्यको खोज, प्रवर्द्धन र प्रचारका साथै सडक सुरक्षा, ट्राफिक सचेतना, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामुदायिक सहयोगसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । यस वर्षको म्याङ्गो राइड काठमाण्डौको पर्यटन बोर्डबाट सुरु भएर कुशिनगर-चितवन-सौराहा-ठोरी-वीरगञ्ज-बर्दिवास-लहान-आँप बगैँचा- बर्दिवास-भीमान-हेटौँडा-कुलेखानी हुँदै पुनः काठमाण्डौमा समापन हुने कार्यक्रम तय गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.